सतर्कता विभागद्वारा पाँच एसबीएस अधिकारीहरूको घर र कार्यालयमा छापा

गान्तोक, ९ सेप्टेम्बरः सिक्किम राज्य ब्याङ्क (एसबीएस) मा कथित भ्रष्टाचार मामिलाको जाँच गरिरहेको सिक्किम पुलिसको सतर्कता विभागले सोमवार पाँचजना आरोपी अधिकारीहरूको कार्यालय र घरमा छापा मारेर आपत्तिजनक दस्तावेज जफ्त गरेको छ। सुत्रबाट प्राप्त भएको जानकारीका आधारमा सतर्कता विभागले स्टेट ब्याङ्क अफ सिक्किमका पाँच अधिकारीहरू विरुद्ध एफआईआर दर्ता गरेको छ।

पुलिसले एइआईआर दर्ता गरेका अधिकारीहरू विरुद्ध पछिल्ला ६-७ वर्षको अन्तरालमा विभिन्न ग्राहकहरूसँग मिलेर ब्याङ्क खातामा जम्मा/स्थानान्तरित गरिएको रकमबाट घुस लिएको आरोप छ। आरोप अनुसार भ्रष्टाचारमा संलग्न ब्याङ्क अधिकारीहरूले घुसका रुपमा सोझै रकम नलिएर सम्बन्धित ग्राहकहरूबाट आरोपी अधिकारीहरूको ब्याङ्क एकाउन्टमा रकम ट्रान्सफर गर्न लगाउन गरेका थिए। समय समयमा यसरी हुने एकाउन्ट ट्रान्फरको रकम हजारौं देखि लाखौंसम्म हुनेगरेको बताइएको छ।

सिक्किम पुलिसको सतर्कता विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आरोपी अधिकारीहरू विरुद्धको छापामारी गान्तोक अनि सिङ्ताम वरिपिरि भएको छ। यो छापामारी चलिलहेको पुलिसले जानकारी दिएको छ।   

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह