१७औं ग्याल्वा कर्मापाले पठाए मुख्यमन्त्री गोलेलाई बधाई सन्देश; कर्मापाप्रति मुख्यमन्त्री आभारी

गान्तोक, ९ सेप्टेम्बरः बौद्ध धर्मका धर्मगुरु १७औं ग्याल्वा कर्मापा उगेन थिन्ले दोर्जीले सिक्किम विधानसभा चुनाउमा अपार जीतका लागि मुख्यमन्त्री पीएस गोलेलाई बधाई दिएका छन्। १७औं ग्याल्वा कर्मापाले पठाएको बधाई सन्देश मुख्यमन्त्री पीएस गोलेले आफ्नो शोसल मिडिया पेजबाट सार्वजनिक गरेका छन्।

कर्मापाले मुख्यमन्त्रीलाई लेखेको बधाई पत्रमा भनेका छन्, “सिक्किम राज्य राज्यमा हालै भएको विधानसभा चुनाउमा तपाईंको जीतमाथि मेरो बधाई स्वीकार गर्नुहोला। मेरो प्रार्थना र शुभकामना तापाईंसँग छ किनभने तपाईं आफ्नो उच्च पदको जिम्मेवारी र चुनौतिपूर्ण कार्यभार सम्हाल्न तयार हुनुहुन्छ। सिक्किमका मानिसहरूले तपाईंको कुशल नेतृत्व र मार्गदर्शमा सुख, शान्ति र समृद्धिको अनुभव गरुन्।”

१७औं कर्मापाको बधाई सन्देशप्रति मुख्यमन्त्री पीएस गोलेले आभार व्यक्त गरेका छन्। मुख्यमन्त्रीले लेखेका छन्, “परमपावनको सन्देशले मेरो मनमा गहिरो छाप छोडेको छ साथै उहाँको आशीर्वादले म सम्मानित बनेको छु। परम पावनको ज्ञान तथा करुणा हाम्रो लागि प्रेरणाको अटुट स्रोत बनेको छ, म परमपावनद्वारा गरिएका परोपकारका लागि सदैव आभारी छु साथै हामी सम्पूर्ण सिक्किमे परमपावनको अमूल्य मार्गदर्शन र आशीर्वादका लागि सधैंभरी आभारी रहनेछौं।”

मुख्यमन्त्री गोलेले १७औं कर्मापाको सन्देश प्रसारणका लागि महत भूमिका निर्वहन गरेको मन्धै धर्मा विभागका मन्त्री सोनाम लामा र अन्य बौद्ध गुरुहरूप्रति पनि आभार व्यक्त गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह