गान्तोक, ९ सेप्टेम्बरः वन विभागको सिक्किमको पर्यावरण सूचना, जागरूकता, क्षमता निर्माण र जीविकोपार्जन कार्यक्रम (ईआईएसीपी) हबलाई पर्यावरण, वन मन्त्रालयले क्षेत्रीय श्रेणी पुरस्कारमा उत्तर-पूर्वी क्षेत्रको सर्वश्रेष्ठ राज्य केन्द्रको रूपमा सम्मानित गरेको छ। भारत सरकारको जलवायु परिवर्तन मन्त्रालयद्वारा गत ७ सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजित अखिल भारतीय ईआईएसीपी संयोजकको बैठकमा यो सम्मान गरिएको हो ।
सम्मान सिक्किम सरकार अनि वन विभागले हरित कौशलता विकस, मौरीपालन, बाँसको शिल्प, सौर्य ऊर्जा प्रणाली र वन हुने आगलागी व्यवस्थापन मार्फत बेरोजगार युवा तथा स्कूल ड्रपआउटहरूको दिगो जीवनशैली प्रवर्द्धन गर्नको लागि संयुक्त प्रयासहरूको प्रमाण हो।
सिक्किम ईआईएसीपी हबले गान्तोकको देवरालीमा यसको पहिलो ग्रीन स्किलिङ मार्केटिङ आउटलेटको पनि स्थापना गर्नेछ जहाले अहिलेसम्म भर्ना भएका 400 भन्दा बढी हरित कुशल उम्मेद्वारहरूको उत्पादनको बजारीकरण गरिनेछ।
-प्रेस विज्ञप्तिबाट





