योकसमका बुद्ध हाङ लिम्बूलाई परिश्रमले दिलायो ‘किवी म्यान अफ् द सिक्किम’-को उपाधि

-प्रकाश अधिकारी
सिक्किमको उर्वर कृषि भूमिमा पसिना बगाए सफलता हासिल हुँदैन भन्न सकिँदैन। यस्तै एक उदाहरण हुन्, पश्चिम सिक्किमको योकसम निवासी बुद्धहाङ लिम्बू (सुब्बा)। उनले २००९ देखि आफ्नो निजी जमिनमा किवी खेती शुरु गरेका थिए। सिक्किम सरकारको बागबानी विभागले दिएको चारवटा बिरुवाबाट किवी खेती शुरु गरेका लिम्बूले आज ‘किवी म्यान अफ् द सिक्किम’-को उपाधि प्राप्त गरिसकेका छन्। उनले उब्जाएको किवीले आज सिक्किम सँगसँगै दिल्ली, मुम्बई र बेङ्गलुरुको बजारमा पनि राम्रै स्थान बनाइसकेको छ।
चारवटा बिरुवाबाट किवी खेती शुरु गरेका सुब्बाको जमिनमा अहिले चारैतिर किवी नै किवी मात्र छन्। अहिले उनको किवी खेती हेर्न पर्यटकहरूले प्रतिव्यक्ति २० रुपियाँ शुल्क पनि तिर्नुपर्दछ। उनको बारीमा दैनिक सयौँ सङ्ख्यामा विद्यार्थीहरू किवी खेतीको अध्ययन गर्न पुग्ने गर्दछन्।
योकसमको बुद्ध जैविक किवी गार्डन नामले प्रसिद्ध उनको किवीबारीमा सिक्किमका विभिन्न विद्यालयका विद्यार्थीहरूसँगै देशका विभिन्न प्रान्तबाट अनुसन्धानकर्ताहरू आउने गर्दछन्। योकसम यसै पनि पर्यटकको आकर्षणको केन्द्रबिन्दु भएकोले गर्दा यहाँ आउने पर्यटकहरूको एउटा गन्तव्यको रूपमा उनको किवीबारी पनि भएको छ। उनको सफलता देखेर अहिले योकसमका २९ परिवारले पनि किवी खेती व्यावसायिक रूपमा शुरु गरिसकेका छन्।
लिम्बूले ५०० प्रतिकिलो गरेर किवी बिक्री गर्दैछन् भने किवीबाटै उनले लाखौँ रुपियाँ आम्दानी पनि गर्दैछन्। उनले दिएको थप जानकारीअनुसार देशका विभिन्न बजारहरूबाट अहिले उनलाई किवीको माग आउन थालेको छ। तर, उनले बजारमा भनेजस्तो किवी निर्यात गर्न नसकेको पनि बताउँदै योकशमका स्थानीयवासीहरूलाई आफैसँगै किवी खेतीमा जोड़ेर यो मागलाई पूरा गर्ने तर्खर गरेको बताए। समुद्री तटदेखि ३००० फुटदेखि लिएर ६००० फुटसम्म किवी खेतीका निम्ति मौसम अनुकूल रहेकोले सिक्किमका अन्य प्रान्तमा पनि यो खेती गर्न सकिने र त्यसका निम्ति आफूले आवश्यक सहयोग पुर्‍याउने पनि उनले जानकारी दिए। किवी खेतीलाई पर्यटनसँग जोड्दै उनले घरमै होमस्टे पर्यटन पनि शुरु गरेको जानकारी दिँदै उनको किवी खेतीप्रति आकर्षित भएर धेरै पर्यटकहरू उनको होमस्टेमा आउने गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह