राज्यसभा सांसद डीटी लेप्चाले प्रदान गरे मोर्डन उच्चतर माध्यमिक विद्यालयलाई सहयोग

गान्तोक, ८ सेप्टेम्बरः दुई दिनअघि भएको आगलागीबाट प्राचार्यको कार्यालय जलेर नष्ट भएपछि सहयोगका लागि राज्यसभा सांसद डीटी लेप्चा अघि आएका छन्। आइतवार सांसद लेप्चाले मोर्डन उच्चतर माध्यमिक विद्यालयको भ्रमण गरेर क्षतिबारे जायजा लिए साथै सांसद कोषबाट विद्यालयलाई सहयोग प्रदान गरे।

राज्यसभा सांसदले मोर्डन विद्यालयको सहयोगका लागि एउटा फोटोकपी मशिन, तीन सेट कम्प्युटर, तीनवटा प्रिन्टर, तीनवटा हार्डड्राइभ, एउटा इन्जेक्ट प्रिन्टर र तीनवटा कम्प्युटर टेबल प्रदान गरेका छन्।

विद्यालयलाई उपलब्ध गराइएका यि सामाग्री विद्यालयको सुचारू सञ्चानका लागि आवश्यक रहेका र प्रदान गरिएका सामग्रीबाट विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्न महत्त्वपूर्ण रहेका सांसद लेप्चाले बताएका छन्। विद्यालयलाई कठीन अवस्थाबाट पार गराउन आफूले सांसद कोषबाट आवश्य सामग्री प्रदान गरिएको उनको भनाइ छ।

प्रभावित विद्यालयको भ्रमणपछि उनले भनेका छन्, “सिक्किम सरकारले विद्यालयको पूर्वाधार पूनर्स्थापनाका लागि द्रुत गतिमा प्रमुख कार्य प्रारम्भ गरेको साझा गर्न पाउँदा मलाई खुसी लागेको छ। शिक्षा हाम्रो प्राथमिकता हो र नानीहरूका लागि पढाईको वातावरण अक्षुण्य कार्य सुनिश्चित गर्न आवश्यकताको समय हामी एकजुट हुनु महत्त्वपूर्ण छ।”

सांसद लेप्चाले विद्यालयको सुविधा पूर्ण रूपमा पुनर्स्थापित गराउन आग्रह गरेका छन्। उनले भनेका छन्, “हामी सबै मिलेर मोर्डन उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीको उज्यालो भविष्य सुनिश्चित गर्न सक्छौं।”

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह