पत्रकार प्रवीण खलिङले पाउने हिलटाईम्स पत्रकार पुरस्कार

गान्तोक, ८ सेप्टेम्बरः सिक्किमका पत्रकार एवम् साहित्यकार प्रवीण खालिङले हिलटाईम्स पत्रकार पुरस्कार पाउने भएका छन्। हिलटाईम्स  साहसिक पुरस्कारका लागि कञ्चनजङ्घा उद्दार केन्द्रकी संस्थापक रङ्गू सौरियाको नाम घोषणा गरिएको छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि हिलटाईम्स अनि सर्वनाम समूहको संयुक्त आयोजनामा हिलटाईम्स साहसिक पुरुस्कार अनि सर्वनाम समूह स्थापना दिवास रबिन्द्र भवन मङपूमा आगामी २८ सेप्टेम्बरमा पालन गरिने भएको छ।

यस वर्षको हिलटाईम्स साहसिक पुरस्कार  सामाजिक अभियन्ता रङ्गू सौरिया अनि हिलटाईम्स पत्रकारिता पुरस्कार   सिक्किमका पत्रकार एवम् साहित्यकार प्रवीण खालिङलाई  प्रदान गरिने  हिलटाईम्सका प्रबन्ध निर्देशक केशर मोक्तानले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन।

यसअघि हिलटाईम्स साहसिक पुरस्कार टिस्टा रगीत रेसक्यु दलकी प्रमुख शान्ति राई अनि डुवर्स एक्सप्रेसका प्रमुख  राजु नेपालीलाई प्रदान गरिएको छ।

सर्वनाम समूहले स्थापना दिवसको दिन मङपूका दुई साहित्यक स्रष्टा केबी गिरी (कृष्ण गिरी) अनि उपन्यासकार सीबी बान्तावालाई सम्मान गरिने कुरा संस्थाका सयोजक सुरेन्द्र थीङले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । यसै दिन दार्जिलिङको प्रख्यात  साङ्गीतिक टोली कार्निभल ब्यान्डले सङ्गीतमय कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

-प्रेस विज्ञप्तिबाट

About The Author

  • Homnath Dabari

    होमनाथ दवाडी सुनगाभा पोस्टका संस्थापक सम्पादक हुन्।

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह