“महिलाहरूलाई टिकट नदिनु ‘एसडीएफ’-लाई लाग्यो पाप”

गान्तोक, ८ सेप्टेम्बरः सिक्किमका आमा-चेलीलाई विधानसभा चुनाउमा एउटै पनि सीटबाट नउठाएको पापले २५ वर्ष सरकार चलाउने पार्टी सिक्किमको राजनीतिबाट कहिल्यै नउठ्नेगरी पराजय भएको मुख्यमन्त्री पीएस गोलेले बताएका छन्। तथापि कुनै पार्टी र व्यक्तिको नाम नलिइकन मुख्यमन्त्रीले एसडीएफ पार्टी र पवन चामलिङमाथि कटाक्ष प्रहार गरेर साथै अब कहिलै पनि उठ्न नसक्ने गरि जनताले छुट्टी दिएका बताए। विधानसभा चुनाउमा एकजना महिलालाई पनि उम्मेदवार नबानाउनुको पाप एसडीएफ र पवन चामलिङले भोग्नु परेको मुख्यमन्त्रीको मन्तब्य थियो। अब एसडीएफ पार्टी र नेताले लाखौं प्रयास गरेपनि सिक्किमको सत्तामा नफर्किने मुख्यमन्त्री गोलेले दावी गरेका छन्।   

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको नारीशक्तिले रानीपुल नजिक सरमसामा आयोजन गरेको सामूहिक तीज उत्सवमा मुख्य अतिथिका रुपमा उपस्थित रहेका मुख्यमन्त्री गोलेले आफ्नो सरकारले नारीहरूको सम्मान र विकासमा गरेका कार्यले नै चुनाउमा एसकेएम पार्टीले अपार सफलता प्राप्त गर्ने बताए। विगत विधानसभा चुनाउमा महिलाहरूको १०० प्रतिशत समर्थन एसकेएमले पाएको र महिलाहरूको सम्मानमा एसकेएम पार्टी कहिल्लै पछि नपर्ने बताए। उनले भने, हामी सिक्किमका नारीहरूलाई अबला होइन सक्षम बनाउन चहान्छौं अनि महिलाहरूले चिल जस्तो सबैभन्दा णाथि उठ्ने बेग लिएर अघि बढ्नुपर्छ।

 पार्टीको नारीशक्तिले आयोजन गरेको सामूहिक तीज उत्सवलाई मुख्यमन्त्री गोलेले सिक्किमे समाजलाई एकजुट र शक्तिशाली बनाउने प्रयासको कार्यक्रम बताए। एसकेएम पार्टीको सरकारले प्रत्येक जातिका पर्वको धार्मिक र आध्यात्मिक पक्षलाई सुरक्षा दिंदै सिक्किमे जातिय पर्वका रूपमा पनि पालन गर्ने र यस्तो प्रयासले सामाजिक एकता र सद्भावनाको विकास भएर जाने बताए। जातिय एकता र सद्भावनाको विकासबाट सिक्किमे समाजलाई बलियो बनाएर मात्रै राजनीतिलाई अघि बड़ाउँछौं भन्दै मुख्यमन्त्रीले सामूहिक उत्सव सिक्किमे समाज एकजुट छ भन्ने सन्देश रहेको बताए।

एसकेएम पार्टीले राज्यका महिलाहरूलाई सामाजिक साथै राजनीतिक विकासमा पनि भागिदार बनाएको उल्लेख गर्दै महिला सूरक्षा नीतिकै कारण गत विधानसभा चुनाउमा उठेका महिला उम्मेदवार भारी मतले विजयी बनेका मुख्यमन्त्रीले बताए। पार्टीले महिला उम्मेदवार घोषणा गर्दा कसैबाट पनि विरोध नहुनु पार्टी कार्यकर्ताको महिला सम्मानको उदाहरण हो भन्दै २०२९ को विधानसभा चुनाउमा सिक्किममा कम से कम १२ जना महिला विधायक बन्ने निश्चित रहेको जानकारी दिए। उनले २०२६ मा हुने निर्वाचन क्षेत्र सीमाङ्कनमा सिक्किमको विधानसभा सीट ३२ बाट बढेर ४० हुने सङ्केत दिंदै सिक्किम विधानसभा १२ वटा सीट महिलाका लागि आरक्षित हुने बताए।   

पार्टीको महिला सुरक्षा नीतिका कारण सिक्किम सरकारको विभिन्न विभागमा १७ जना महिला सचिव रहेका र अझ चारजनालाई सरकारले सचिव बनाउने तयारी रहेको मुख्यमन्त्रीले जानकारी दिएका छन्। पछिल्लो विधानसभा चुनाउमा स्वयं सहायता समूहको माध्यमबाट महिलाहरूको सहयोग प्राप्त भएको र उनीहरूको सम्मान स्वरुप सरकारले प्रत्येक जिल्लाबाट स्वयं सहायता समूहका दुई-दुई जना प्रतिनिधिलाई सम्मानित पद दिएर राख्ने मुख्यमन्त्रीले बताएका छन्। सरकारको सुनौलो, समृद्ध र सामर्थ सिक्किम निर्माणको परिकल्पनामा सिक्किमका महिलाहरूबाट सहयोगको अपेक्षा रहेको उनले बताए।  

About The Author

  • Homnath Dabari

    होमनाथ दवाडी सुनगाभा पोस्टका संस्थापक सम्पादक हुन्।

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह