कार्यकर्ता मार्गदर्शन विमोचन साथै सदस्यता नविकरण शुरु गऱ्यो सिटिजन एक्सन पार्टी सिक्किमले

गान्तोक, ७ सेप्टेम्बरः सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले पार्टीको “कार्यकर्ता मार्गदर्शन” विमोचन गरेको छ साथै आजदेखि सदस्यता नविकरण पनि शुरु गरेको छ। अदमपुलस्थित पार्टी मुख्यालमा आज बसेको केन्द्रिय कार्यकारिणी समितीको बैठकमा कार्यकर्ता मार्गदर्शन विमोचन गरिएको पार्टी प्रवक्ता विना शर्माले प्रेस विज्ञपति जारी गरेर जानकारी दिएकी छन्। विज्ञप्तिअनुसार बैठक पार्टी अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो जसमा मुख्य संयोजक गणेश कुमार राई, संस्थापक अध्यक्ष एलपी काफ्ले साथै केन्द्रिय कार्यकारिणी समितिका सदस्यको सक्रिय उपस्थिति थियो।

अध्यक्ष भरत बस्नेतले २०२४ को चुनाउ परिणामको जिम्मेवारी लिंदै नैतिक रूपमा दिएको राजीनामालाई पार्टीको आजको बैठकसम्म स्थगित गरेको थियो। आजको बैठकमा पार्टी अध्यक्षले आगामी नयाँ अध्यक्षको संभावित तीन नाउँलाई प्रस्तावित गरे। पार्टी अध्यक्ष बस्नेतले संविधानको धारा 27को उपधारा( डी)को( ii)लाई प्रयोग गर्दै नयाँ अध्यक्षको सम्भावित नाम सभामा सार्वजनिक गरेका विज्ञप्तिमा बताइएको छ। पार्टीले आगामी १४ सेप्टेम्बर २०२४ सम्म नयाँ अध्यक्षको घोषणा गर्ने पार्टीका प्रमुख निर्वाचन अधिकारी एचबी राईले बैठकमा अवगत गराएका थिए।

प्रेस विज्ञप्तिमा भनिएको छ, पार्टीका मुख्य संयोजक गणेश राईले सम्बोधन राख्दै अब सिक्किमे नागरिकको सरोकारको निम्ति सबै कार्यकर्ता, नेता एकजुट हुनुपर्ने बताए।सिक्किमको समग्र हितको निम्ति अब सुधारवादी योजना भएको सिटिजन एक्सन पार्टीलाई आत्मसात गर्नुपर्ने बताउँदै अन्य विविध विषयको उठान गरे।

बैठकमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष भरत बस्नेतले पार्टीको अग्रगमनको निम्ति सबै नेता कार्यकर्ता पार्टीको संवैधानिक निर्देशन र सिद्धान्त र कार्यक्रमको आधारमा अघि बढ्न निर्देशन दिए। उनले सिटिजन एक्सन पार्टी सिक्किम बाहेक अब सिक्किममा विपक्षी पार्टी नभएको जस्तो स्थितिमा यो पार्टीले सशक्त विपक्षी पार्टीको भूमिका निर्वाह गर्नुपर्ने अडान लिएका बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह