गान्तोक, ७ सेप्टेम्बरः सिटिजन एक्सन पार्टीका संस्थापक तथा गत विधानसभा चुनाउमा गान्तोक निर्वाचन क्षेत्रका उम्मेदवार दाउछो लेप्चाले पार्टीबाट राजीनामा दिएका छन्।
लेप्चाले आज पार्टी अध्यक्षलाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनेका छन्, “आज गणेश चतुर्दशीको पूण्य अवसरमा चिन्तन-मननका साथमा पार्टीबाट राजीनामा लिएको घोषणा गर्दछु। यहाँहरूलाई संधैव शुभकामना छ।”
एसडीएफ सरकारकालमा मन्त्री रहेका दाउछो लेप्चाले सिटिजन एक्सन पार्टी सिक्किमको गठनमा महत्त्वपूर्ण योगदान दिएका थिए। २०२३ मा सिटिजन एक्सन पार्टी सिक्किम गठन गर्नअघि गणेश राईको नेतृत्वमा चलेको सिक्किम रिफर्म कल नामक संगठनदेखि गणेश राईसँग एउटै मञ्चमा देखिएका दाउछो लेप्चाले पार्टीबाट आज राजीनामा दिएका हुन्।





