“तलथोप्लीबिनाका कृतिहरूलाई साहित्य अकादमीले बहिष्कार गर्नेछ”

गान्तोक, ७ सेप्टेम्बरः सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पारिरहेको साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालले आरोप लगाएका छन्। किनार प्रकाशन गान्तोकद्वारा शनिवार नेपाली साहित्य परिषद् सिक्किममा आयोजित एउटा कार्यक्रममा विशिष्ट अतिथि रहेका ढकालले सिक्किम विश्वविद्यालयको नेपाली विभागद्वारा तय गरिएको नेपाली भाषाको मानदण्डमाथि कटाक्ष हाने। तलथोप्ली र पञ्चमवर्ण विरोधी लेखन शैलीलाई साहित्य अकादमीले कुनै हालतमा स्वीकार नगर्ने बताए।

ढकालले भने “तलथोप्लीबिनाका कृतिहरूलाई साहित्य अकादमीले बहिष्कार गर्नेछ। हामी लेखक, साहित्यकारहरूले लेखेको पुस्तक पढाउने उनीहरूको काम हो। भाषा बनाउने र थोप्ने काम होइन”, सिक्किम विश्वविद्यालयलाई भाषामा विचलन ल्याउने अधिकार कसले दियो भनी प्रश्न गर्दै सम्बन्धित निकायमा भाषाप्रेमीहरूले आरटीआई गरिरहेको पनि ढकालले दाबी गरे।

भाषामा विचलन ल्याउनेहरूले नै उल्टा सोसियल मिडियामा भ्रमित बयानहरू जारी गरी भाषाबारे थप अन्योलता सिर्जना गर्ने कार्य गरिरहेको ढकालले बताए। सिक्किमका महाविद्यालहरूसम्म तलथोप्ली प्रयोग गरेका विद्यार्थीलाई सिक्किम विश्वविद्यालयमा पुगेपछि अङ्क घटाउने निर्णय पनि निन्दनीय रहेको उनको भनाइ छ।

कार्यक्रमका सभाध्यक्ष साहित्यकार सीपी भट्टराईले मृत्युपछि पनि बाँच्ने हो भने साहित्य लेख्नुपर्छ भन्ने मन्तव्य गरे। किनार प्रकाशनद्वारा हालै प्रकाशित वृहत शोधपरक पुस्तकबारे बोल्दै उक्त पुस्तक प्रत्यक्ष रूपमा अध्ययन गर्न नपाए पनि पुस्तकबारे गरिएको मन्तव्यले नेपाली जातिको निम्ति यो पुस्तक महत्त्वपूर्ण रहेको जनाए। अठाह्र वर्ष खर्च गरेर टीबी चन्द्र सुब्बाले जातिमाथि गरेको कार्य सराहनीय रहेको उनले बताए।

यस अवसरमा किनार प्रकाशनद्वारा मुख्यमन्त्री पीएस गोलेप्रति कृतज्ञतास्वरुप प्रदान गरिने ताम्रपत्र भट्टराईलाई हस्तान्तरण गरियो। कार्यक्रममा  किनार प्रकाशनका सहयोगी साहित्यकारहरूलाई पनि अभिनन्दन गरियो। कार्यक्रममा आफ्नो कृतिको प्रकाशन एवम् लोकार्पणसम्म सहयोग गर्ने सबैप्रति लेखक टीबीचन्द्र सुब्बाले आभार व्यक्त गरे।

-प्रेस विज्ञप्तिबाट

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह