राजभवनमा खटिएका सुरक्षाकर्मी भेटिए मृत अवस्थामा

गान्तोक, ७ सेप्टेम्बरः सिक्किमको राजधानी गान्तोकको राजभावनमा ड्युटीमा खटिएका जवानलाई मृत अवस्थामा फेला पारिएको छ। भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) का जवानलाई राजभवनको भीआईपी गेटमा मृतक अवस्थामा फेला पारिएको हो। शवको पहिचान राजा रामको रूपमा गरिएको छ जो आईटीबीपीको १३औँ बटालियनमा कार्यरत थिए। सुरक्षा ड्युटीमा राजभवनको भिआइपी गेटमा खटाइका जवानलाई ५ सेप्टेम्बमा मृत अवस्थामा फेला पारिएको पुलिसले जानकारी दिएको छ।

गान्तोक नजिक राङ्का लिङ्दुममा अवस्थित आईटीबीपीको १३औं बटालियनका कमाण्डिङ अफिसरबाट प्राप्त लिखित एफआईआरको आधारमा पुलिसले दिएको जानकारीअनुसार राजा रामलाई ५ सेप्टेम्बर, २०२४ मा बेलुकी ९ बजेदेखि रातीको १२ बजे बीच मृत अवस्थामा फेला पारिएको थियो।

एफआईआरको आधारमा पुलिसले बीएनएसएस ऐनको २०२३ को धारा १९४ अन्तर्गत मुद्दा दर्ता गरेको छ। जवानको मृत्यु विषयमा छानबिनको लागि पुलिसले शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा नगरेसम्म एसटीएनएम अस्पतालको शवगृहमा राखेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह