सामूहिक तीज उत्सवको तयारीमा एसकेएम नारीशक्ति

गान्तोक, ७ सेप्टेम्बरः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको नारीशक्तिले भोलि ८ सेप्टेम्बरमा हिन्दू महिलाहरूको महत्त्वपूर्ण पर्व तीजको अवसरमा सामूहिक उत्सव आयोजन गर्ने भएको छ। एसकेएम नारीशक्तिले सिक्किम राज्यस्तरीय सामूहिक तीज उत्सवका लागि रानीपुल नजिक सरमसामा भव्य तयारी गरिरहेको छ। सिक्किमका सबै जिल्लाबाट महिलाहरूको उपस्थिति रहने उत्सवको तयारीलाई लिएर आज अन्तिम सभा समारोह समितिकी अध्यक्ष सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापाको उपस्थितिमा आयोजन भयो।

एसकेएम सरकारको सहयोगमा आयोजना हुने राज्यस्तरीय उत्सवमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि रहनेछन्। यस उत्सवलाई लिएर एसकेएम नारीशक्तिले जिल्लास्तरमा नृत्य प्रतियोगिताको आयोजन गरिसकेको छ जसमा प्रथम स्थानमा आउने छवटै जिल्लाका नृत्य टोलीले राज्यस्तरीय उत्सवमा प्रदर्शन गर्ने समारेह समितिकी अध्यक्ष राजकुमारी थापाले जानकारी दिएकी छन्।

एसकेएम नारीशक्तिले कार्यक्रमलाई दुई भागमा विभाजन गरेको छ। दिनको कार्यक्रममा तीज आधारित नृत्य प्रतियोगिता र मुख्यमन्त्रीको सम्बोधन मुख्य आकर्षण रहनेछन्। साँझमा नेपालका कलाकारहरूको उपस्थितिमा साँगीतिक कार्यक्रम पनि समावेश गरिएको उनले जानकारी दिइन। तीजको सामूहिक उत्सवमा मनोरञ्जन साथै तीजको धार्मिक र सामाजिक महत्त्वलाई पनि ध्यानमा राखेर सामोरह आयोजना गरिने अध्यक्ष थापाले जानकारी दिएकी छन्।

तीजको सामूहिक उत्सवको साँस्कृतिक कार्यक्रमका संयोजक डाक्टर मनोज राईले नेपालकी कलाकार तृष्णा गुरुङ साथै स्थानीय कलाकारको प्रस्तुति रहने बताए। यसमा महिला पुलिसको पक्षबाट समूहिक नृत्य पनि समावेश रहेको छ।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह