गान्तोक, ७ सेप्टेम्बरः गान्तोकको मोर्डन उच्चतर माध्यामिक विद्यालयमा आगलागीको घटना भएको छ। आगलागी शनिवार बिहानै घटेको हो जसलाई नियन्त्रणमा लिइएको छ।
गान्तोक जिल्लापाल कार्यालयले दिएको जानकारीअनुसार बिहान ४.५५ बजे मोर्डन विद्यालयमा आगलागी भएको सूचना अग्निशमन केन्द्र गान्तोकले प्राप्त गरेको थियो। सूचना प्राप्त गरे लगत्तै दुईवटा वाटर टेण्डरसहित घटनास्थल पुगेको अग्निशमन टोलीले २० मिनटको अन्तरालमा आगलागीलाई नियन्त्रण गऱ्यो।
यस घटनाबाट मानविय क्षति भएको छैन तर विद्यालय भित्र प्राचार्यको कार्यालयमा धेरै क्षति पुगेको छ। घटनास्थलको प्राम्भिक जाँचमा सम्भवतः सर्ट सर्किटका कारण आगलागी भएको पत्ता लागेको छ।
बिहानै भएको यस घटनापछि क्षेत्र विधायक तेञ्जिङ नर्बु लाम्टा, शिक्षा विभागका सचिव साथै जिल्ला प्रशासनका अधिकारीहरूले विद्यालयको भ्रणण गरेर घटना क्षतिबारे जायजा लिएका छन्। आगलागी भएको मोर्डन उच्चतर माध्यमिक विद्यालय सिक्किमको राजधानी गान्तोकदेखि लगभग डेढ़ किलोमिट दूरीमा छ।





