गान्तोक, ४ सेप्टेम्बरः पूर्व मन्त्री तथा एसडीएफ पार्टीका वरिष्ठ नेता छिरिङ वाङ्दी लेप्चाले मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेका छन्। मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेको जानकारी छिरिङ वाङ्दी लेप्चाले फेसबुक पेजबाट सार्वजनिक गरेका छन्। लेप्चाले मुख्यमन्त्री पीएस गोलेल र उनकी धर्मपत्नी कृष्ण कुमारी राईसँगको फोटो फेसबुक पेजमा पोस्ट गरेर मुख्यमन्त्री गोलेलाई भेट्न अवसर पाउनु सम्मानजनक बताएका छन् साथै यस भेटलाई सकारात्मक, प्रभावी र आशाजनक अवसर पनि भनेका छन्।
एसडीएफ सरकारका पूर्व मन्त्री छिरिङ वाङ्दी लेप्चा २०२४ को विधानसभा चुनाउमा नाथाङ माचोङ निर्वाचन क्षेत्रबाट एसडीएफ उम्मेदवारको रुपमा चुनाउ लडेका थिए। २०१९ मा एसकेएम सरकार सत्तामा आएदोखि नै सत्ता विरुद्ध आक्रमक देखिएका छिरिङ वाङ्दी लेप्चाले गत विधानसभा चुनाउको परिणाम पछि पनि सरकारको खुलेर आलोचना गर्दै आएका थिए। मुख्यमन्त्री पीएस गोलेसँगको भेट पछि लेप्चा आगामी उपचुनाउ अघि नै सत्तारुढ एसकेएम पार्टीमा सामेल हुनसक्ने बताइएको छ।





