पूर्वाधार विकास पहलमाथि छलफल गर्न जाइका प्रतिनिधिमण्डलले भेट्यो मुख्यमन्त्री गोलेलाई

गान्तोक, ५ सेप्टेम्बरः जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) प्रतिनिधिमण्डलले बिहीवार सिक्किमका मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेर राज्यमा पूर्वाधार विकाससित सम्बन्धित विभिन्न विषयमा छलफल गरेको छ। जाइका प्रतिनिधिमण्डलको नेतृत्व टोकियोबाट दक्षिण एशिया डिवीजन १ का वरिष्ठ निदेशक सुनौची तात्सुहिकोले गरेका थिए।

मुख्यमन्त्री गोलेले आफ्नो आधिकारिक फेसबुक पेजबाट दिएको जानकारीअनुसार बैठक भारत सरकारको आर्थिक मामिला विभाग (डिईए) लाई सड़क तथा पुल विभागले बुझाएको प्रारम्भिक परियोजना प्रतिवेदन (पीपीआर) को महत्त्वपूर्ण प्रगतिमा केन्द्रित थियो। प्रतिवेदनले जाइकाको पूर्वाधार विकास पहल अन्तर्गत कोष सुरक्षित गर्ने लक्ष्य राख्दै चारवटा सडक र एउटा पुलको स्तरोन्नति रूपरेखा प्रस्तुत गरेको छ।   

बैठक अवधि यि परियोजनाबाट हुनसक्ने प्रभाव साथै सहयोग, तकनिकी विशेषज्ञता र दीगो विकासका लागि सम्भावित मार्गहरूमाथि चर्चा भयो। प्रस्तावित परियोजनाले हरित पहलहरूलाई सुरक्षा दिंदै पूर्वाधारका आवश्यकतालाई पूरा गर्ने कार्यलाई सुनिश्चित गर्ने बताइको छ।

 जाइका प्रतिनिधिमण्डल र मुख्यमन्त्री गोलेमाझ भएको बैठकमा सिक्किम सरकारको सडक एवं पुल विभागका वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए। विभागले जाइकाको सहयोगमा राज्यको बुनियादी ढाँचालाई मजबूत गराउने दिशामा महत्त्वपूर्ण पहल गरिरहेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह