भाजपा सिक्किमले शुरु गऱ्यो सदस्यता अभियान, अध्यक्ष थापाले लगाए मुख्यमन्त्री माथि आरोप

गान्तोक, ३ सेप्टेम्बरः सिक्किमा एक लाख सदस्य बनाउने लक्ष्यका साथ भारतीय जनता पार्टी (भाजपा) आज मङ्गबारदेखि सिक्किम राज्यव्यापी सदस्यता अभियान शुरु गरेको छ। भाजपा सिक्किमको सिङ्तामस्थित पार्टी कार्यलयमा आयोजित कार्यक्रम अवधि अध्यक्ष डिल्लीराम (डिआर) थापाले सदस्यता अभियानको शुरुआत गरे। कार्यक्रममा सदस्यता अभियानका सिक्किम संयोजक अर्जुन राई, पूर्व विधायक नरेन्द्र कुमार सुब्बा, लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपाल लगायत पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो।

सिक्किम सदस्यता अभियानका संयोजक अर्जुन राईले अध्यक्ष डिआर थापाको फोनबाट मिसकल गरेर सिक्किम अध्यक्ष थापालाई पहिलो सदस्यता दिलाएपछि सिक्किमा सदस्यता अभियान शुरु भयो। भारतीय जनता पार्टीले २ सेप्टेम्बरदेखि देशव्यापी सदस्यता अभियान शुरु गरेको थियो जसलाई दुई चरणमा आयोजन गरिने बताइएको छ।

सदस्यता अभियानको शुरुआत पछि पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राज्य भाजपा अध्यक्ष डिआर थापाले भाजपाको प्रदर्शन सिक्किममा राम्रो हुँदै गएको दाबी गरे। २०१९ को विधानसभा चुनाउमा एक प्रतिशत मत पाएको भाजपाले २०२४ को विधानसभा चुनाउमा ६ प्रतिशत मत पाएको र पार्टीलाई जनतामा जाने आधार बलियो बनेको उनले बताएका छन्।

अध्यक्ष थापाले पार्टी कार्यकर्तालाई एक लाख सदस्य बनाउने लक्ष्यसहित काम शुरु गर्न आग्रह गरेका छन्। उनले भने, “भाजपा विश्वको सबैभन्दा ठूलो पार्टी हो र यसको सदस्य बन्नु गर्वबोध हुनुपर्छ। कोही पनि सदस्यले कसैको डर नराखी भाजपाको विस्तारमा काम गर्नुपर्छ।”

यस अवसरमा बोल्दै राज्य भाजपा अध्यक्ष डिआर थापाले मुख्यमन्त्री पीएस गोलेले विपक्षी पार्टीका कार्यकर्तालाई सताउने काम गरेको आरोप लगाए। मुख्यमन्त्री पीएस गोलेले ‘लोकप्रिय मुख्यमन्त्री’-को उपाधि पाएर पनि विभिन्न माध्यमबाट विपक्षी कार्यकर्तालाई सताइरहेका छन् भन्ने आरोप लगाउँदै मुख्यमन्त्री भएपछि सबैलाई समेटेर काम गर्नु महानता हुने सुझाउ राखे। केन्द्रमा भाजपा सरकारले शुरु गरेका विभिन्न योजनाबाट नै सिक्किमका जनताको पनि जीविकोपार्जनको व्यवस्था मिलेको छ भन्दै डिआर थापाले राज्य सरकारले कसैलाई भेदभाव गर्न नमिल्ने बताए।

सदस्यता अभियानको शुरुआत पछि भाजपा सिक्किमले एउटा आन्तरिक बैठक आयोजन गरेर विभिन्न विषयमा छलफल गऱ्यो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह