गान्तोक, ३ सेप्टेम्बरः सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको केन्द्रिय कार्यकारिणी समिति, सबै जिल्ला स्तरीय समिति, सबै निर्वाचन क्षेत्रस्तरीय समिति, वार्डस्तरीय समितिसहित सबै फ्रन्टल संगठनका समितिलाई पार्टीले विघटन गरेको छ। यसबारे पार्टीले २ सेम्टबरमा घोषणा गरेको छ।
हिजो २ सेप्टेम्बरमा बसेको पार्टीको केन्द्रिय कार्यकारीणी समितिको बैठकमा संगठनको समिति विघटन बारे निर्णय लिइएको पार्टीले जनाएको छ। पार्टीको हितलाई ध्यानमा राख्दै पार्टी अध्यक्ष पवन चामलिङले पार्टी संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै यसरी समितिहरहरू विघटन गरेको र चाँडै विभिन्न तहमा नयाँ समितिहरु गठन गरिने एउटा प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।
पार्टीको प्रसासनीक र कानुनी मामिला, प्रचारप्रसार मामिला, सामाजिक संजाल मामिला र चुनाव समिति भने यथावत रहेको जानकारी गराइएको छ। ११ विधानसभा चुनाउमा पराजय पछि एसडीएफ पार्टीले सार्वजनिक गरेको यो पहिलो निर्णय हो। पार्टीले चुनाउ परिणामपछि कुनै पार्टीको भविष्य र रणनीति बारेमा आधिकारीक निर्णय सार्वजनिक गरेको थिएन।





