गान्तोक, २ सेप्टेम्बरः सोरेंङ च्याखुङ एवेञ्जर्स हिल्स ओपन भलिबल च्याम्पियनशिप विजेता बनेको छ। २८ अगस्त देखि शुरू भएको प्रतियोगितामा कुल २१ टीमले भाग लिएका थिए।
आरिगाउँ समाज सुधार मण्डलीद्वारा ४१औं स्थापना दिवसको अवसरमा आयोजन गरिएको बलिबल प्रतियोगिताका विजेतालाई ८० हजार रुपियाँ अनि उपविजेता टोलीलाई ५० हजार रुपियाँसँगै आकर्षक ट्रफी प्रदान गरिएको थियो। आरिगाउँ संस्कृत पाठशालाको खेल मैदानमा आयोजित फाइनल खेल सोरेङ च्याखुङ एवेञ्जर्स अनि नाम्ची भलिबल क्लब बीच भएको थियो।
कार्यक्रमको अवसरमा जिल्ला पञ्चायत सदस्य कृष्ण कुमारी छेत्री मुख्य अतिथि थिइन्। उनले आरिगाउँ समाज सुधार मण्डलीले गरेका उत्कृष्ट कार्यहरूको प्रसंसा गरिन्।
समाजको स्थापना कालदेखि यसलाई निरन्तरता दिने संस्थापक जगनाथ अधिकारी, दीननाथ नेपाल र नैनकला शर्मालाई सम्मानित गरिएको छ। अर्कोतिर प्रत्येक वर्ष समाज दिवसको अवसरमा प्रदान गरिने स्व. भीम प्रसाद-जीवमाया स्मृति पुरस्कारले याङ्थाङ ग्राम पञ्चायत एकाईका पञ्चायत सभापति सोमनाथ दाहाल र समाज भवन निर्माणको निम्ति जमीन प्रदान गर्ने जमीनदाता राधा कृष्ण सिग्देललाई सम्मानित गरियो





