इण्डिगोसँगै ड्रुक एयर र बुद्ध एयर सेवा सञ्चालनको तयारीमा पाकिम एयरपोर्ट

गान्तोक, २ सेप्टेम्बरः एयरपोर्ट अथरिटी अफ् इण्डियाले गरिरहेको प्रयास सफल भए यसै वर्षको अन्तसम्ममा पाकिमबाट विभिन्न शहरमा हवाइ सेवा सञ्चालन हुनेछ। दिल्ली र कोलकता बाहेक हाइदराबाद, बेङ्लोर र गुवाहाटीको सेवा चाडैं सञ्चान गर्ने तयारी चलिरहेको छ भने अन्तर्राष्ट्रिय सेवाका रुपमा भुटानको ड्रुक एयर र नेपालको बुद्ध एयरलाइनले पनि पाकिममा सेवा शुरु गर्नसक्ने प्रबल सम्भावना रहेको एयरपोर्ट अथरिटी अफ् इण्डियाको पाकिमका निदेशक सञ्जिव कुमार सिंहले जानकारी दिएका छन्।

एक दिनमा लगभग एक सय विमान सेवा सञ्चाल हुने वाराणसी एयरपोर्टमा निदेशकको लामो अनुभव राखेका सञ्जिव कुमार सिंहले गत मई महिनादेखि पाकिम एयरपोर्टामा निदेशकको जिम्मेवारी सम्हाली रहेका छन्। लगातार बाधित हुने गरेको पाकिमको विमान सेवा सुचारु र नियमित गराउन विभिन्न विमान सेवा प्रदाता कम्पनीसँग पहल भइरहेको उनले जानकारी दिएका छन्।

निदेशक सिंहका अनुसार सबैकुरा सामान्य रह्यो भने अक्टोबर महिनाको दोस्रो सप्ताहदेखि पाकिम एयरपोर्टबाट पुनः हवाइ सेवा सञ्चालन हुनेछ। यसका लागि इण्डिगो कम्पनीले तयारी गरिरहेको छ भने पाकिम एयरपोर्टबाट सेवा सञ्चालन गर्नका लागि इण्डिगोले मागेको आवश्यक डाटा प्राधिकरणले सिक्किम सरकारको पर्यटन विभागको पक्षबाट कम्पनीलाई उपलब्ध गराइसकेको छ। सम्बन्धित डाटा समिक्षा गरेपछि इण्डिगोले अहिले व्यवसायिक पक्षको जाँच गरिरहेको र पाकिमबाट कोलकाता, दिल्ली, हाइदराबाद र बेङ्लोरमा सेवा सञ्चान गराउने प्रस्ताव एयरपोर्ट अथरिटी अफ इण्डियाको पक्षबाट  इण्डिगोलाई दिइएको उनले बताए। यस बाहेक इण्डिगोलाई पाकिमदेखि काठमान्डौ विमान सेवा सञ्चालनको पनि सुझाउ दिइएको छ।

अर्कोतिर पाकिम एयरपोर्टबाट फेरी सर्भिस (ferry service) सञ्चालनका ब्लेड एयरलाई प्रस्ताव दिइएको र आवस्यकता परेको खण्डमा चार्टर सेवा उपलब्ध गराउने पहल पनि भएरहेको छ। पाकिमबाट बाघडोगराका लागि हुने फेरी सर्विसका लागि एयरपोर्ट अथरिटीले सिक्किम सरकारमा एउटा प्रस्ताव दिइएको जो विचिराधीन रहेको निदेशक हिहले जानकारी दिएका छन्।

अन्तराष्ट्रिय सेवा अन्तर्गत पाकिमबाट नेपालमा सेवा सञ्चालनका लागि बुद्ध एयरवेले जुलाईमा नै सर्वेक्षण गरिसकेको छ भने नोभेम्बर महिनाभित्र जेटविङ्सले पाकिम गुवाहाटी सेवा शुरु गर्नसक्नेछ। पकिमबाट भुटान सेवा सञ्चालनका लागि एयरपोर्ट अथरिटीले ड्रुक एयरलाई पत्राचार गरेको छ र सेवा शुरु हुन्छ भन्ने सम्भावना व्यक्त गरिएको छ।

पाकिम एयरपोर्टमा विमान सेवा सञ्चालन गरिरहेको स्पाइसजेटको उडान लामो समयदेखि स्थगित रहेपनि यो रद्द गरिएको छैन। मौसमको प्रतिकुलता बताएर स्पाइसजेटले सेवा अनिमित गरेको छ तर पाकिम एयरपोर्टमा विमान सेवा सञ्चालनका लागि मौसमको समस्या नरहेको एयरपोर्ट अथरिटीका निदेशकले बताएका छन्। पाकिममा हवाइ सेवा विस्तार गर्ने प्रयास भएपनि रनवे बडोत्तरीको कुनै प्रस्ताव छैन, तर भत्किंदै गरेको एयरपोर्ट सुरक्षा पर्खालको कामका लागि पहल शुरु भइसहेको छ। जानकारीअनुसार एरपोर्टको रनवेमा कुनै प्रकारको समस्या छैन।   

About The Author

  • Homnath Dabari

    होमनाथ दवाडी सुनगाभा पोस्टका संस्थापक सम्पादक हुन्।

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह