सरकारको अन्तर विभागीय टोली हिमतालबाट हुने बाढको जोखिम अध्ययन गर्न उत्तर सिक्किम प्रस्थान

गान्तोक, ३१ अगस्त: हिमताल प्रकोपबाट हुने बाढको जोखिममाथि अध्ययन गर्न सिक्किम सरकारको अन्तर विभागीय टोली उत्तर सिक्किम प्रस्थान गरेको छ। आगामी 14 सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिमका छवटा हिमतालको अध्ययनका लागि तयार पारिएको अन्तर विभागीय 35 सदस्यको टोलीलाई शनिबार बिहान लाचेन मगन निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारको समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले फ्ल्याग अफ् गरे।

सिक्किम राज्य आपदा प्राधिकरण र विज्ञान तथा प्रविधि विभागले संयुक्त रूपमा आयोजना गरेको यस अध्ययन टोलीमा विज्ञान तथा प्रविधि विभाग, माइन्स एण्ड जुलोजी विभाग, जनशक्ति विभाग सहित सिक्किम विश्वविद्यालयको जोग्राफी विभाग र जोलोजिकल विभाग अनि जोलोजिकल सर्वे अफ् इन्डियाका विशेषज्ञहरूको सहभागिता रहेको छ।

अध्ययन टोलीले उत्तर सिक्किमको लाचेन र लाचुङमा रहेका तेनछुङ्खा ताल, खाङछुङ ताल, लागेन खाङ्से, लाचुङ खाङ्से छो, ला छो, साका छो आदिको जोखिमपूर्ण अवस्था बारे अध्ययन गर्ने अध्ययन टोलीको नेतृत्व गरिरहेकी भू राजस्व एवं आपदा प्रबन्धन विभागकी सचिव नम्रता थापाले जानकारी दिएकी छिन्।

मन्त्री साम्डुप लेप्चाले अध्ययन टोलीलाई शुभकामना दिंदै हिमतालहरूको पवित्रता माथि स्थानीय मानिसहरूको आध्यात्मिक विश्वासलाई घात नपुऱ्याइ अध्ययन आयोजना गर्ने सुझाव दिएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह