मुख्यमन्त्रीको असन्तुष्टि पछि एसएफएले गऱ्यो लीगको नाम परिवर्तन, लीग स्थगित

गान्तोक, ३१ अगस्तः मुख्यमन्त्री पीएस गोलेको असन्तुष्टिपछि सिक्किम फुटबल एसोसिएशन (एसएफए) २९ अगस्तको दिन घोषणा गरेको वार्षिक च्याम्पियनशिप सिक्किम प्रीमयर लीगको नाम बदली गरेको छ। एसएफएको कार्यकारी समितीले शुक्रबार बैठक गरेर च्याम्पियशिपको नाम सिक्किम प्रीमियर लीगबाट बदली गरेर एसएफए ए डिभिजन लीग बनाएको छ। लीगको नाम बदली गरिएको सम्बन्धमा एसएफएका महासचिव फुर्वा शेर्पाले एउटा प्रेस विज्ञप्ति जारी गरेका छन्। अर्कोतिर ३१ अगस्तदेखि आयोजन गर्ने भनिएको लीग एसएफएले अनिस्चित कालका लागि स्थगित गरेको छ।

सिक्किम फुटबल एसोसिएशनले २९ अगस्तमा पत्रकार सम्मेलन आयोजन गरेर सिक्किम प्रीमियर लीग खेलाउने बताएको थियो। एसएफएको यस निर्णयपछि सिक्किम प्रीमियर लीग आयोजन गर्दै आएको फुटबल डेभलोप्मेन्ट प्राइभेट लिमिटेडले तत्काल हस्तक्षेपको माग गर्दै सिक्किम सरकारको खेल तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेतलाई पत्र लेखेको थियो। फुटबल डेभलोप्मेन्ट प्राइभेट लिमिटेडले मन्त्री बस्नेतलाई लेखेको पत्रमा सिक्किम प्रीमियर लीगको नाम एसएफएले अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै यसमा रोक लगाउन माग गरेको थियो।

फुटबल डेभलोप्मेन्ट प्राइभेट लिमिटेड (एफडिपीएल) को बोर्ड अफ् डाइरेक्टर्सले खेल तथा युवा मामिला विभागका मन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, “सिक्किम प्रीमियर लीग मुख्यमन्त्री पीएस गोलेद्वारा परिकल्पित एक प्रतिष्ठित पहल हो। यसको प्रथमिक उद्देश्य सिक्किमका फुटबल प्रतिभाहरूलाई पोषित गराउनु रहेको छ। राज्यमा फुटबलको मानकलाई बढाउन साथै युवा एथलिट्सहरूलाई ठूला मञ्चमा उत्कृष्टता प्राप्त गर्ने अवसर प्रदान गर्न सिक्किम सरकारको खेल तथा युवा मामिला विभागको तत्वावधानमा फुटबल डेभलोप्मेन्ट प्राइभेट लिमिटेडद्वारा प्रवर्तित यस लीगको स्थापना गरिएको थियो।”

एसएफले सिक्किम प्रीमियर लीग खेलाउने निर्णय पछि फुटबल डेभलोप्मेन्ट प्राइभेट लिमिटेडले मन्त्रीलाई आग्रह गर्दै भनेको छ, “यस घटाक्रमलाई ध्यानमा राखेर हामी एफडिपीएलको बोर्ड अफ् बोर्ड अफ डाइरेक्टर्स विभाग समक्ष तत्काल स्थगन आदेश जारी गराउने आग्रह गर्दछौं ताकि सिक्किम फुटबल सिक्किम प्रीमियर लीगलाई अनाधिकृत रुपमा प्रयोग गर्नबाट सिक्किम फुटबल एसोसिएशनलाई रोकियोस्।”

सिक्किम फुटबल एसोसिएशनले सिक्किम प्रीमियर लीग खेलाउने निर्णय र फुटबल डेभलोप्मेन्ट प्राइभेट लिमिटेडको खेल मन्त्रीलाई पत्राचारपछि मुख्यमन्त्री पीएस गोलेले एसएफएको निर्णयमाथि असन्तुष्टि व्यक्त गरेका थिए। यसपछि आज तत्काल बैठक गरेर एसएफएले च्याम्पियनशिपको नाम परिवर्तन गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ तर किन नाम परिवर्तन गरियो भन्ने विषय भने उल्लेख गरेको छैन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह