एसएफएले आयोजना गर्ने सिक्किम प्रीमियर लीगलाई लिएर मुख्यमन्त्रीले गरे असन्तुष्टि व्यक्त

गान्तोक, ३० अगस्तः सिक्किम फुटबल एसोसिएशन (एसएफए) द्वारा अलग सिक्किम प्रीमियर लीग (एसपीएल) आयोजना गर्ने निर्णयमाथि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले असन्तुष्टि व्यक्त गरेका छन्। एसएफएले हिजो २९ अगस्तका दिन एउटा पत्रकार सम्मेलन आयोजन गरेर सिक्किम प्रीमियर लीगको घोषणा गरेको थियो जसपछि मुख्यमन्त्रीले यसबारे असन्तुष्टि साथै फुटबलको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

सिक्किममा फुटबललाई बढावा दिने उद्देश्यले फुटबल डभलोप्मेन्ट प्राइभेट लिमिटेडद्वारा एसपीएलको प्रबन्धन अघिबाटै सफलतापूर्वक भइरहेको थियो। यस विषयमा मुख्यमन्त्रीले चिन्ता व्यक्त गर्दै भनेका छन्, “हामी सबैलाई विधितै छ, फुटबल खेलको प्रवर्द्धन गर्न सिक्किम राज्यमा सिक्किम प्रिमियर लिगको व्यवस्थापन फुटबल डेभलपमेन्ट प्राइवेट लिमिटेडले गर्दै आएको छ। यो थाहा हुँदा-हुँदै पनि किन एसएफएले यही ब्यानरमा प्रिमियर लिग आयोजन गर्ने निर्णय लियो भन्नेबारेमा म गम्भीर रुपमा चिन्तित छु।”

एसएफएले गरेको घोषणाले हुनसक्ने सम्भावित भ्रम र विवादलाई लिएर मुख्यमन्त्रीले चिन्ता व्यक्त गरेका छन्। एसएफएको निर्णयले राज्यमा खेलको विकासकालागि आवश्यक सहयोगी प्रयासहरूलाई कमजोर बनाउने मुख्यमन्त्रीको भनाइ छ। फुटबल समुदाय र हितधारकमाझ एकताको महत्त्वमाथि जोड दिंदै सबै पक्षलाई खेलाड़ीहरूको कल्याण र खेलको अखण्डतालाई प्राथमिकता दिन उनले आग्रह गरेका छन्।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह