६१ वर्षीया दिव्याङ्ग महिलामाथि दुर्व्यवहार, आरोपी पक्राउ

जोरथाङ,२९ अगस्तः दक्षिण सिक्किमको जोरथाङमा एकजना ६१ वर्षीया दिव्याङ्ग महिलालाई कथित रूपमा दुर्व्यवहार गरेको र भिडियो बनाएर सोशल मिडियामा अपलोड गरेको घटना प्रकाशमा आएको छ। घटनको कथित आरोपी १९ वर्षीय युवालाई पुलिसले पक्राउ गरेको छ।

प्राप्त जानकारीअनुसार घटना २६ अगस्तको दिन जोरथाङको एसएनटी कम्प्लेक्समा भएको थियो। पीडित महिलाकी आफन्तले पुलिसलाई दिएको रिपोर्टअनुसार कथित आरोपीले ६१ वर्षीया दिव्याङ्ग महिलालाई शारीरिक दुर्व्यवहार गर्नसँगै भिडियो खिचेर इन्स्टाग्राममा अपलोड गरेको थियो।

पीडित महिलाकी आफन्तले दिएको एफआईआरको आधारमा पुलिसले सागर थापालाई पक्राउ गरेर हिरासतमा राखेको जबकी यस घटनामा संलग्न अन्य तीनजना नाबालिगलाई नियन्त्रणमा लिएर अघिको कारबाहीका लागि सम्बन्धित अदालत सामु पेश गरेको छ। आरोपी सागर थापा जोरथाङ माझिगाउँ निवासी रहेको पुलिसले जानकारी दिएको छ।

घटनाको छानबिन भइरहेको र पीडित र उनका परिवारलाई न्याय सुनिश्चित गर्न पुलिसले काम गरिरहेको बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह