सुरक्षा पर्खाल भत्किन थालेपछि असुरक्षित बन्दैछ पाकिम एयरपोर्ट

गान्तोक, २९ अगस्तः सिक्किममा हवाई सम्पर्कको एकमात्र माध्यम पाकिम एयरपोर्टको सुरक्षा पर्खाल भत्किन थालेपछि एयरपोर्टलाई क्षति हुनसक्ने सम्भावना बढेको छ। पहाड़ काटेर निर्माण गरिएको एयरपोर्टको सुरक्षा पर्खालको केही भाग गत वर्षदेखि नै भत्किन शुरु भएको थियो जो यसपाली बढ्न थालेपछि एयरपोर्ट जोखिममा पर्ने सम्भावना बढेको छ।

पर्खाल क्षतिग्रस्त बन्दै गएको अवस्थामा यसले एयरपोर्टको रनवे साथै पाकिमबाट रिनाक लगायतका अन्य गाउँलाई जोड्ने सड़क मार्गलाई पनि असुरक्षित बनाएको छ। पर्खाल भत्किंदै लगातार ढुङ्गा झरिरहेकाले एयरपोर्ट तलतिर रहेको सड़क मार्गमा यात्रा जोखिमपूर्ण बनेको छ।

पाकिम एयरपोर्ट अहिले अचल छ। २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन गरिएको यस एयरपोर्टबाट सिक्किमले आवश्यकता अनुरुप सेवा पाउन सकेको छैन। प्रतिकुल मौषमको वकातल गर्दै यहाँ विमान सेवा प्रदान गरिरहेको कम्पनीले शुरुदेखि नै सुचारु सेवा दिएको थिएन। यसपछि सेप्टेम्बर 2023 देखि एयरपोर्टमा सेवा प्रदाता कम्पनीले सबै उडान सेवा निलम्बित गरेको थियो। त्यसपछि लगभग एक वर्ष पूरा हुनलाग्दा पनि एयरपोर्ट र विमान सेवा सञ्चालन बारे कुनै ठोष नतिजा आएको छैन्। सिक्किम सरकारको लगातार प्रयासपछि मार्च २०२४ देखि पाकिममा विमान सेवा सञ्चालनमा ल्याउने भनिए पनि तर अहिलेसम्म यो शुरु भएन। 

जानकारी गराइन्छ, पाकिम एयरपोर्टमा टेबल-टप रनवे छ। २०१८ मा यसको उद्घाटनपछि  स्पाइसजेटले नयाँ दिल्ली र कोलकाताबाट उडान सञ्चालन गर्न थालेको थियो। एयरपोर्ट सञ्चालनमा आएको केही समयदेखि नै भिजिबिलिटी समस्या बताएर स्पाइसजेटले सेवा अनियमित गराउँदै आएको थियो।  एकापटी एयरपोर्ट बनिएर पनि सिक्किमलाई आवश्यक सेवा नदिइरहेको समय एयरपोर्ट थामेको सुरक्षा पर्खाल नै भत्किनु चिन्ताको विषय बनेको छ।

About The Author

Soongava Post

New digital media platform based in Sikkim.

सम्बन्धित पोस्टहरू

सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईँले नहेरेका पोस्टहरू

सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह