गान्तोक, २८ अगस्त: पूर्व सिक्किमको सिङ्तामबाट उत्तर सिक्किमको मगन जाने राजमार्ग पैह्रोले अवरूद्ध बनेको छ। डिक्चु नजिक पर्ने मार्चाकमा राजमार्गको ठूलो भाग नै पैह्रोले तानेपछि राजमार्ग बन्द भएको हो।
बुधबार दिउँसो मार्चाकमा राजमार्ग बन्द भएपछि सिङ्तामबाट डिक्चु तथा उत्तर सिक्किमका अन्य ठाउँमा जाने वाहनलाई सामदोङबाट कम्बल हुंदै डिक्चु जाने सडक मार्गबाट घुमाइएको छ।
यो राजमार्ग मरमत गरेर यातायात सुचारु गराउन केही समय लाग्नसक्ने जानकारी प्राप्त भएको छ।





