भलिबल प्रतियोगितासँगै शुरु भयो आरीगाउँमा सप्ताहव्यापी कार्यक्रम

गेजिङ, २९ अगस्तः गेजिङ जिल्लास्थित आरीगाउँ समाज सुधार मण्डलीको ४१औं स्थापना दिवसको अवसरमा २८ अगस्तदेखि विविध खेलकुद प्रतियोगिताका साथ भलिबल खेल शुरु भएको छ। स्थापनाको ४१औं वर्षगाँठलाई पालन गर्दै गैर सरकारी संस्था आरीगाउँले भलिबल खेललाई प्राथमिकता दिन प्रतियोगिताको आयोजना गरेको बताइएको छ।

 प्रतियोगितामा राज्य अनि राज्य बाहिरबाट पनि उत्कृष्ट भलिबल दलले सहभागी जनाएका छन्। कुल २२ दलले प्रतियोगितामा सहभागिता जनाइरहेको आयोजक समितिले जनाएको छ। गैर सरकारी संस्था आरीगाउँ समाज सुधार मण्डलीले विजेता दललाई नगद पुरस्कार ८० हजार रुपियाँ अनि उपविजेता दललाई ५० हजार रुपियाँसहित आकर्षक ट्रफी प्रदान गर्ने जानकारी दिएको छ।

संस्थाले गाउँमै रहेको संस्कृत पाठशालाको खेल मैदानमा आयोजना गरिरहेको साताव्यापी कार्यक्रमको उद्घाटन कार्यक्रमका मुख्य अतिथि वरिष्ठ सरकारी ठेकादार जामयाङ कुङ्गा काजीले गरे। यस अवसरमा स्थानीय समाजका प्रतिनिधि, आरीगाउँ समाज सुधार मण्डलीका अध्यक्ष दिनेश शर्मा, आरिगाउँ वार्डका पञ्चायत सभापति सोमनाथ शर्मासहित अन्यको उपस्थिति रहेको थियो।

यस खेलकुद कार्यक्रमको समापन र भलिबल प्रतियोगिताको फाइनल खेल आगामी २ सेप्टेम्बरका दिन समाजको स्थापना दिवसको अवसरमा खेलाइनेछ। स्थापनालाई केन्द्रित गरी यसवर्ष भने भलिबल खेलको महत्त्वलाई अघि सार्दै खेलाड़ीहरूलाई आफ्नो प्रतिभा प्रदर्शित गर्न यो अवसर दिइएको आयोजक पक्षले बताएको छ।

जानकारी गराइन्छ, २ सितम्बर, १९८३-मा स्थापना भएको यस गैर सरकारी संस्थाले समाजको निम्ति धेरै महत्त्वपूर्ण काम गरेको छ। स्थापना काल यता समाजप्रति योगदान पुऱ्याउने व्यक्तिहरूलाई कार्यक्रमको अन्तिम दिन सम्मान जनाइने पनि समाजका अध्यक्ष दिनेश शर्माले जानकारी दिएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह