सिलगढी, २८ अगस्त: केही दिनको आधिकारीक दिल्ली भ्रमणपछि मुख्यमन्त्री पीएस गोले सिक्किम फर्किएका छन्। सिक्किम फर्किने क्रममा मुख्यमन्त्री बुधबार दिउँसो बागडोगरा एयरपोर्टमा अवतरण गरे।
प्रधानमन्त्रीलाई नरेन्द्र मोदीलाई १६ मई २०२५ मा सिक्किमको राज्य स्थापना दिवस समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिएपछि मुख्यमन्त्री सिक्किम फर्किएका हुन्।
यसबाहेक नयाँ दिल्लीमा मुख्यमन्त्रीले केन्द्रीय सञ्चार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य माधवराव सिन्धियालाई भेटेर सिक्किमका विभिन्न जिल्लामा अस्पतालहरूका लागि आर्थिक सहयोगको ज्ञापनपत्र पनि बुझाएका थिए।
सिक्किम फर्किएका मुख्यमन्त्रीलाई बागडोगरा विमानस्थलमा प्रोटोकल युनिट, टीआईसी र एसटीडीसीका अधिकारीहरूले स्वागत गरका सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले जनाएको छ।





