गान्तोक: वर्ष 2025 मा आयोजित सिक्किम विधानसभाको पहिलोअधिवेशनलाई राज्यपाल ओम प्रकाश माथुरले सम्बोधन गरे। आफ्नो सम्बोधनमा राज्यपालले सरकारका विकासमुखी कामहरूको उल्लेख गर्दै सिक्किम राज्य विकास दिशामा द्रूत गतिमा अघि बड़िरहेको दावी गरे।
भारत सरकारको नीति आयोगको नवीनतम सतत विकास लक्ष्य मूल्याङ्कणअनुसार सिक्किम राज्यले वर्ष 2020-21 को तुलनामा हाल उल्लेखनीय प्रगति गरेको राज्यपालले बताएका छन्। विभिन्न क्षेत्रमा असाधरण उपलब्धिको साथमा सतत विकास लक्ष्य प्राप्तिको दिशमा सिक्किम राज्य पूर्वोत्तरका अन्य राज्यहरूभन्दा अग्रणी बन्न पुगेको उनले थप बताए।
राज्यपाल ओम प्रकाश माथुरले भने, “विभिन्न सतत विकास लक्ष्य मापदण्डमा सिक्किमले राष्ट्रिय लक्ष्यहरूलाई पूरा गरेको छ जसले संतुलित र समावेशी विकासको क्षेत्रमा सिक्किमलाई एउटा मोडल राज्य बनाएको छ।”
राज्यपालको सम्बोधनमा माथिको धन्यवाद प्रस्तावमा कसैले पनि सहभागिता जनाएनन्। त्यसैले बिना चर्चा नै राज्यपालको भाषणलाई सदनले पारित गऱ्यो।





