मणिपाल अस्पतालले शुरु गऱ्यो आधुनिक सूचना प्रणाली

गान्तोक : सिक्किम मणिपाल विश्वविद्यालयअन्तर्गत सेन्ट्रल रेफरल अस्पताल (CRH) मणिपालले स्वास्थ्य सेवा वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ केयरएक्सपर्ट नामक अत्याधुनिक अस्पताल सूचना प्रणाली (HIS) र मोबाइल एप शुरु गरेको छ। केयरएक्सपर्टले अस्पतालको सञ्चालन प्रक्रियालाई अझ प्रभावकारी, बिरामीमैत्री र पेपरलेस बनाउने लक्ष्य राखेको छ।
आइतबार सिक्किम मणिपाल विश्वविद्यालयका उपकुलपति दिलिप चन्द्र अग्रवालले यो नयाँ सूचना प्रणालीको शुभारम्भ गरे।
यस प्लेटफर्ममा विद्युतीय स्वास्थ्य अभिलेख (EMR), अनलाइन समय तालिका व्यवस्थापन, फार्मेसी व्यवस्थापन, टेलिमेडिसिन सेवा लगायतका विशेषताहरू उपलब्ध छन्, जुन प्रयोगमैत्री मोबाइल एपमार्फत पहुँच गर्न सकिन्छ। बिरामीहरूले अनलाइन समय लिने, भुक्तानी गर्ने, भर्ना प्रक्रिया पूरा गर्ने र कागजातहरू बुझाउने सुविधा प्रयोग गर्न सक्नेछन्, जसले सेवा लिने क्रममा प्रतीक्षा समयलाई धेरै घटाउने बताएको छ ।
केयरएक्सपर्टमार्फत बिरामीहरूले आफ्नो स्वास्थ्य अभिलेख, प्रयोगशाला रिपोर्ट, र अन्य निर्धारित सुविधा सजिलै आफ्नै स्मार्टफोनमा हेर्न सक्नेछन्। यस एपले टाढामा रहेका बिरामीलाई परामर्शको सुविधा पनि प्रदान गर्ने भएकाले सुदूर क्षेत्रमा बसोबास गर्ने वा आवागमन गर्न कठिन हुने बिरामीहरूका लागि विशेष उपयोगी हुनेछ।
CRH का स्वास्थ्यकर्मीहरूलाई डेटा व्यवस्थापन सुधार, प्रशासनिक त्रुटि कमी, र बिरामी सेवाको गुणस्तर अभिवृद्धिमा केयरएक्सपर्टले ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह