गान्तोक: तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान सिक्किमले प्रत्येक वर्ष प्रदान गर्दै आएको तुलसी `कश्यप´ स्मृति पुरस्कार २०२५ कथाकार थीरूप्रसाद नेपालको कथा सङ्ग्रह एक आँगन घामलाई प्रदान गर्ने निधो गरेको छ। पुरस्कार निर्णायक समितिको सुझाउ अनुसार प्रतिष्ठानले आजको सभामा यो निर्णय लिएको हो।
तुलसी `कश्यप´ स्मृति पुरस्कारमा नगद ५१०००/-, प्रसस्ति पत्र, स्मृति चिन्ह प्रदान गरिन्छ । आगामी ११ फरवरी, २०२५ को दिन नेपाली साहित्य परिषद सिक्किम र तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठानको संयुक्त आयोजनामा तुलसी `कश्यप´ जयन्तीका दिन यो पुरस्कार कथाकार थीरूप्रसाद नेपाललाई प्रदान गरिने छ।
तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान, सिक्किमका समन्वयक डिल्लीप्रसाद अधिकारीले शुक्रबार एउटा प्रेस विज्ञप्ति जारी गरेर थीरूप्रसाद नेपाललाई प्रतिष्ठानको पक्षबाट हार्दिक बधाई दिएका छन्।





