गान्तोक: सिक्किम इन्स्पायर्स पहल अन्तर्गत IHM साजोङको सहकार्यमा सिक्किमको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित होमस्टे मालिकहरूका लागि डिजिटल मार्केटिङ साथै व्यवसाय व्यवस्थापन सम्बन्धी १५ दिने तालिम शुक्रबार सम्पन्न भयो।
समापन अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका पर्यटन विभागका सचिव प्रकाश छेत्रीले ग्रामीण अर्थतन्त्र र दिगो पर्यटनलाई बढावा दिन होमस्टेको महत्त्वमाथि प्रकाश पारे।
तालिम कार्यक्रममा सहभागीहरूको सीप अभिवृद्धि गर्न कार्यशाला, विशेषज्ञ सत्र र व्यावहारिक तालिम समावेश गरिएको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो र स्रोत व्यक्तिहरूलाई सम्मान गरिएको थियो।





