गान्तोक : सिक्किम मिल्क युनियनको वाहन र इको भ्यानबीच ठक्कर हुँदा 6 जना घाइते भएका छन्। घटना शुक्रबार दिउँसो राष्ट्रिय राजमार्ग 10 स्थित गान्तोकको रानीपुल मेफेयर नजिक भएको हो। पु
लिस सूत्र अनुसार दुर्घटनामा इको भ्यानका पाँच यात्रु र ट्रक चालक घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
सबै घाइतेहरूलाई तुरुन्तै उपचारका लागि मणिपाल अस्पताल लगिएको बताइएको छ।





