बाराहिमिजोङको समापन समारोह बोजोघारीमा आयोजित

गान्तोकः मगर जातिको पर्व बाराहिमिजोङलाई यस वर्षका लागि विदाइ दिंदै आईतबार गान्तोक नजिक बोझोघारीमा एउटा सार्वजनिक समारोह आयोजन गरियो। गान्तोक वरिपरीको बोझोघारी, बुर्तुक, अप्पर चाँदमारी अनि जेएन रोडमा बसोबासो गर्ने मगरहरूको समुदायले जाति समुदायमाझको एकजुटताको रुपमा सार्वजनिक समारोह आयोजन गरेका थिए। बोजोघारीको ताक्ची गाउँमा आयोजित बाराहिमिजोङ सार्वजनिक समारोहमा राष्ट्रिय मगर एसोसिएशनका अध्यक्ष विष्णु राणा मगर मुख्य अतिथिका रुपमा उपस्थिति थिए।

प्रकृति र पितृ पुजकका रुपमा मानिएका मगर जातिले बाराहिमिजोङ पर्वको अवसरमा नयाँ पाकेको अन्नबाली, फलफूल र कन्दमुल आफ्ना इष्टदेव र पितृहरूलाई सम्झना गर्दै अर्पण गरे मात्र खान शुरुआत गर्दछन। आज आयोजित सारवजनिक समारोहमा पनि गाउँमा बनाइएको पुजास्थलमा माम्बा अथवा पुजारीले विधिपूर्वक पुजा अर्चना गरेर इष्टदेव अनि प्रकृतिलाई यस मौसममा पाक्ने सबै प्रकारका अन्न अनि फलफूल चढाएर प्रसादका रुपमा उपस्थित मानिसहरूलाई वितरण गरेपछि नयाँ अन्नबाली खाँदा कुनै प्रकारको बाधा अड्चन आइनलाग्ने घोषणा गरे।

पुजाको समापनपछि आयोजित सार्वजनिक समारोहमा आयोजक स्थानीय मगर समुदायले मुख्य अतिथिका रुपमा उपस्थित विष्णु राणा मगरलाई अभिनन्दन जनाए। मगर समुदायको हित र उत्थानका क्षेत्रमा गरेका कार्य साथै समुदायमा एकजुटता र साँस्कृति अनि परम्पराको संरक्षणमा गरेका पहलको सराहना गर्दै उनलाई अभिनन्दन जनाइएको थियो। यस अवसरमा मगर जातिको पहिचान र संस्कृति बारे बोल्दै विष्णु राणा मगरले बाराहिमिजोङ पर्व पालन गर्नुको उद्धेस्य बारे जानकारी दिएका थिए भने माम्बा शेखर मगरले युवा समुदाय जातिय पर्व पालन गर्ने विधिबारे जानकार हुनुपर्ने बताए।

बाराहिमिजोङको सार्वजनिक समारोहमा बोल्दै राष्ट्रिय मगर एसोसिएशनका अध्यक्ष तथा समारोहका मुख्य अतिथि विष्णु राणा मगरले मगर समुदाय पितृ र प्रकृतिलाई पुजा गर्ने जनजाति भएर पनि आधुनिक युगसँगै युवा पुस्ताले जातिय पहिचानलाई भुल्दै गरेको अनि परम्परा मनाउने कार्यहरूमा पनि समानता नदेखिएका कारण यस जातिलाई जनजातिको दर्जा पाउन बाधा भइरहेको बताए। विभिन्न विज्ञहरूले तयार पारेका मगर जातिका एथनोग्राफी रिपोर्ट अनि गाउँमा मगर जातिले पालन गर्ने रितीरिवाज र संस्कृतिमा भिन्नता देखिंदै गएको उल्लेख गर्दै उनले सबै मगरहरूलाई समान तरिकाले संस्कृति र रितीहरू पालन गर्न आग्रह पनि गरे। स्थानीय एसेसिएशनले गरेको सम्मानले आफूलाई जातिको हितमा काम गर्न थप उत्साह मिलेको भन्दै उनले संवैधानिक रुपमा मगर समुदायले जनजातिको मान्यता पाउनुपर्ने विषयमा जातिले एकवद्ध भएर काम गर्नुपर्ने बताए।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह