मुखिया जातिको भाषा संस्कृतिबारे तीन‌दिवसीय‌ कार्याशाला सम्पन्न

गान्तोक. २९ अगस्त: सिक्किमका सुनुवार भाषाको शिक्षा प्रगतिमाथि तीन दिवसीय कार्यशाला आयोजन गरिएको छ। उक्त कार्यशाला सिक्किम सुनुवार मुखिया कोइँचबुले भाषा शिक्षा निर्देशालय विभागको सह‌कार्यमा सम्पन्न गरेको हो।

२१ अगस्तदेखि २३ अगस्तसम्म चलेको कार्यशालाको समापन समारोहमा भाषा शाखाको संयुक्त निर्देशाक प्रभाकर बिलाल मुख्य अतिथिको रुपमा उपस्थित थिए। यसैगरी भाषा शाखाकै उपनिदेशक सुधा राई विशिष्ट अतिथिको रुपमा उपस्थित रहेकी थिइन। पाठ्य पुस्तक प्रभागी एटीबीओ नैनाकला मुखियाले कार्यशालाको सम्पूर्ण जानकरी प्रस्तुत गरिन भने कार्यशालाबारे भारती मुखियाले आफ्लो अनुभव साझा गरिन्।

कार्यशालामा सहभागीहरूलाई अतिथिहरूको हातबाट प्रमाणपत्र वितरण गरियो । कार्यशालाको मुख्य आकर्षण मुखिया भाषामा बनाइएको बाल गीतको प्रस्तुती रहेको थियो । सहभागीहरूले बाल गीत सामुहिक रूपमा प्रस्तुत गरेका थिए। आफ्नो सम्बोधनमा विशिष्ट अतिथि सुधा राईले भाषाको ज्ञानको आवश्यकता र समाजमा एकजुट भएर बस्दा पर्ने महत्त्वहबारे बताइन। मुख्य अतिथि प्रभाकर विलालले विद्यार्थी, शिक्षक बीचको सम्बन्धमा हुनुपर्ने सुमधुरता र नानीहरूलाई प्रेरित गर्नु पर्ने आवश्यकताबारे बताए ‌।

कार्यशालाको समापन‌को अन्त‌मा भाषा विकासको निम्ति आवश्यक प्रक्षेपबारे अन्तरक्रिया भयो। अतिथि र सहभागीहरूले भाग लिए।‌मातृभाषा समस्या र समाधानका बारेमा चर्चा गरेका थिए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह