हिमताल अध्ययन गर्न उत्तर सिक्किम गएको टोली पुग्यो गुरुदोङमार

गान्तोक, ६ सेप्टेम्बरः मगन जिल्लामा ग्लेशियल लेक आउटब्रस्ट फ्लड अथवा हिमताल फुटेर हुने बाढ़ (जीएलओएफ) माथि अध्ययन गर्न गएको ३५ सदस्यीय अभियान टोली शुक्रवार गुरुदोङमार पुगेको छ । सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभाग र सिक्किम राज्य आपदा प्राधिकरणको आयोजनामा अध्ययन टोली १ सेप्टेम्बरका दिन उत्तर सिक्किम गएको थियो।

अध्ययनका लागि गुरुदोङमार ताल पुगेपछि अभियान शुरु गर्नअघि लाचेन गुम्बाका लामाहरू र लाचेन जुम्साका प्रतिनिधिको उपस्थितिमा अभियान टोलीले परम्परागत आधारमा पूजा प्रार्थना आयोजन गरेर  गुरु रिम्पोछेको आशीर्वाद लिए।

अभियान टोलीले १८,००० फुट उचाइमा रहेको खाङ्चुङ छो तालको प्रारम्भिक मूल्याङ्कन पनि गरेको छ जुन सिक्किमको सबैभन्दा ठूलो ताल हो। यस हिमतालको लम्बाइ ३ किलोमिटरभन्दा बढी छ।

टिस्टा खाङ्त्से ग्लेशियरबाट भरिने गरेको खाङ्चुङ छो ताल तीव्र गतिमा बढिरहेको छ। यो हिमताल अन्तर्राष्ट्रिय सिमानाबाट मात्र ५०० मिटरको दूरीमा अवस्थित छ।

अभियान टोलीले भोलि ७ सेप्टेम्बरको दिन यो हिमताल साथै शाको छो तालको पनि विस्तृत अध्ययन गर्ने योजना बनाएको छ। यस अन्तर विभागीय अभियान टोलीले आगामी १४ सेप्टेम्बरसम्म मगन जिल्लाको उच्चाइका क्षेत्रमा रहेर कूल ६ वटा हिमतालको जोखिम र यसबाट हुने खतरा न्यूनिकरण बारे अध्ययन गर्ने योजना रहेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह