सिक्किमकी पहिलो कपाल प्रत्यारोपण सर्जन बनिन् डा मुक्ता शर्मा

गान्तोक, ६ सेप्टेम्बरः डाक्टर मुक्ता शर्मा सिक्किमकी पहिलो कपाल प्रत्यारोपण (hair transplant) सर्जन बनेकी छन्। गान्तोक निवासी पुण्यप्रसाद शर्मा र गीता शर्माकी सुपुत्री डा. मुक्ता शर्मा त्वचाविज्ञान, एसटीडी साथै कुष्ठरोगमा एमडी गरेकी एक कुशल चिकित्सक पनि हुन। डा. शर्माले कपाल प्रत्यारोपण र एस्थेटिक डर्मेटोलोजीमा एक वर्षको फेलोशिप पूरा गरेर आफ्नो करिअरमा एक महत्त्वपूर्ण माइलखुट्टी स्थापित मात्र गरिनन् तर सिक्किम राज्यले नै एक कुशल चिकित्सक प्राप्त गरेको छ। यो उपलब्धिले उनको विशेषज्ञतालाई रेखाङ्कित गर्छ साथै सिक्किमको पहिलो कपाल प्रत्यारोपण (hair transplant) सर्जनको रूपमा पनि आफूलाई पहिचान दिलाएकी छन्, जो यस क्षेत्रको चिकित्सा परिदृश्यमा उल्लेखनीय उपलब्धि हो।

आफ्नो फेलोशिप अवधि डा. मुक्ताले कठिन प्रशिक्षण र व्यावहारिक अभ्यास गरेर आफूलाई सफल पारेकी छन्। फेलोशिप अवधि उनले प्रतिष्ठित शिक्षक इन्टरनेशनल सोसाइटी अफ् हेयर रिस्टोरेशन सर्जरी-का पूर्व अध्यक्ष डा. कपिल दुआ र एसोसिएशन अफ् हेयर रिस्टोरेशन सर्जन्स, इन्डिया-का अध्यक्ष डा. अमन दुआको मार्गदर्शनमा कपाल प्रत्यारोपणको तकनिकी प्रयोगमा सफलता हासिल गरेकी हुन। यस प्रयास र सफलतासितै उनले आफ्नो एस्थेटिक डर्मेटोलोजीका लागि आफ्नो जुनूनलाई पनि प्रज्ज्वलित गरेको छ। यो सफलताले उनलाई बिरामीको हेर्चाहका लागि आफ्नो दृष्टिकोणलाई नयाँ र परिष्कृत गर्ने प्रेरणा समेत प्राप्त भएको छ।

जीवनमा पाएको यो नयाँ उँचाइ र सफलतासँगै डा. मुक्ता आफ्नो क्षमतालाई बिरामीहरूको जीवनमा सकारात्मक प्रभाव पुऱ्याउने दिशामा काम गर्न उत्सुक छिन्। सधैँभरि सिक्ने र अनुभव बटुल्ने विचार बोकेकी मुक्ता शर्माले एस्थेटिक डर्मेटोलोजीको सततः विकसित बन्दै गरेको क्षेत्रमा सबैभन्दा अघि रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह