पत्नीको हत्याको आरोपमा पति पक्राउ

गान्तोक, ६ सेप्टेम्बरः ढुङ्गाले किच्याएरै पत्नीको हत्या गरेको आरोपमा पुलिसले पतिलाई पक्राउ गरेको छ। घटना सिक्किमको सोरेङ जिल्ला अन्तर्गत बैगुने गाउँको हो। जिल्लाको नयाँबजार थानाको पुलिस सुत्रबाट प्राप्त जानकारी अनुसार ४५ वर्षीय आरोपी हेमचन्द्र राईले ४७ वर्षीय पत्नी मीरा राईलाई हत्या गरेरपछि भागेको थियो जसलाई पक्राउ गरेर पुलिस हिरासतमा राखिएको छ।  

आरोपी मूल रुपले दार्जीलिङ जिल्लाको नेजी बस्ती निवासी रहेपनि पत्नी मीरा राईको गाउँ बैगुनेमा बस्दै आएका थिए। आरोपी विरुद्ध पत्नीको हत्या गरेर भागेको आसङ्कामा बैगुने निवासी कर्णबहादु राईले नयाँ बजार थानामा एइआईआर दिएका थिए। यसैको आधारमा पुलिसले आरोपीलाई पक्राउ गरेको पुलिसले जानकारी दिएको छ।

पत्नीको हत्यामा संलग्न एक फरार अभियुक्तलाई बिहीवार दिउँसो सोरेङ जिल्ला अन्तर्गतको नयाँबजार पुलिस स्टेशनले पक्राउ गर्न सफल भएकोमा पुलिसको प्रसंसा गरिएको छ सातै आरोपी विरुद्ध मानिसहरूले कठोर कारबाहीको माग गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह