मेङ्लीमा तीज पर्व पालन

गान्तोक, ६ सेप्टेम्बरः नारीहरूको प्रमुख पर्व तीजले सिक्किमको गाउँ-समाजमा एकता साथै सद्भाव दर्शाउने गरेको सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापाले बताएकी छन्। विभिन्न धर्मशास्त्रमा उल्लेखित तीजको धार्मिक अनि सांस्कृतिक पक्षलाई संक्षिप्तमा प्रकाश पार्दै सिक्किममा एसकेएम सरकार गठनपछि तीज पर्वलाई राज्य बिदाको रूपमा घोषणा गरेर मुख्यमन्त्री पीएस गोलेले नारीहरूप्रति सम्मान दर्शाएका पनि बताइन्। तीजलाई सिक्किमका महिलाहरूको समाजमा एकता र भक्तिको पर्वका रूपमा पालन गर्ने परम्परा रहेको उनले बताएकी छन्।

राज्य सरकारको सहयोगमा आगामी ८ सेप्टेम्बरमा सरमसामा सामूहिक तीज उत्सव पालन गरिने जानकारी दिंदै विधानसभा उपाध्यक्ष राजकुमारी थापाले समारोहमा सहभागी बनिदिन आग्रह पनि गरेकी छन्। दक्षिण सिक्किमक राङगाङ- याङगाङ निर्वाचन क्षेत्र अन्तर्गत सामाजिक सुधार संघ, मेङलीद्वारा आज आयोजित तीज पर्वको राजकुमारी थापा मुख्य अतिथि रहेकी थिइन्।

तीजको अवसरमा भक्तिभाव पूर्वक पूजा अर्चना तथा तीज पर्वको सांस्कृतिक महत्त्व र परम्परासँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएका थिए। कार्यक्रममा मुख्यमन्त्रीका पूर्व प्रेस सचिव विकास बस्नेत, याङ्गाङकी बीडीओ निडे भोटिया, जिल्ला तथा ग्राम पञ्चायतका सदस्य साथै स्थानीय महिलाहरूको सहभागिता रहेको थियो। बिहान तीजको पूजा गरेपछि शुरु भएको सार्वजनिक समारोहमा विभिन्न कार्यक्रम समावेश थिए।

मेङ्ली विद्यालय परिसरमा आयोजित समारोहमा सांस्कृतिक साथै परम्परागत नृत्यहरू जस्तै बालन, साङ्गिनी आदिको प्रदर्शन गरियो। विद्यार्थीहरूले तीज पर्वको महत्त्वसम्बन्धी कविता वाचन पनि गरे।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह