नरबहादुर भण्डारी महाविद्यालले प्रदान गऱ्यो डा नम्रता तामाङलाई गुरु-गौरव सम्मान

गान्तोक, ५ सेप्टेम्बरः सिक्किमका सरकारी महाविद्यालयबाट प्रोफेसर पद‌मा प्रोन्नत भएकी प्रो डा नम्रता तामाङ (थापा) लाई  नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङले गुरु-गौरव सम्मान प्रदान गऱ्यो। महाविद्यालले आफ्नो स्थापना दिवस तथा शिक्षक दिवसको अवसरमा कलेजले यस वर्षदेखि स्थापना गरेको पहिलो गुरु-गौरव सम्मान डा नम्रता तामाङलाई प्रदान गरेको हो। सम्मान प्राप्त गरेपछि उनले भनिन्, “आफ्नाहरूले गरेको सम्मान मेरा लागि नोबेल पुरस्कारभन्दा महत्त्वपूर्ण हो ।”

धेरै वर्षको अन्तरालपछि गत वर्षदेखि प्रारम्भ गरिएको महाविद्यालय स्तरीय शिक्षक दिवसको अवसरमा प्राचार्य डा देवव्रत पुरोहित प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले आफ्नो सम्बोधनमा आजको प्राविधिक उन्नति र प्रगतिको पराकाष्ठ समयमा गुरुको भूमिका चुनौतिपूर्ण रहनाका साथै साह‌सिक रहेको बताए । शिक्षण व्यवसाय चाहेर हुने नभई चुनेर मात्र पाइने उल्लेख गरे।

शिक्षक प्रतिनिधिका रूपमा आफ्नो मन्तव्य राख्दै डा प्रमिला छेत्रीले कलेजमा विद्यार्थीहरूले शिक्षकका लागि देखाएको सौहार्दताले अभिभूत बनाएको र शिक्षक-शिष्यको सुमधुर सम्बन्धले राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

 नेपाली विभागका विभागाध्यक्ष डा उदय छेत्रीले गुरु-गौरव सम्मान स्थापनाको औचित्यमाथि प्रकाश पार्दै प्राचार्यको उदार भावकै कारण यो कार्यक्रम र गुरु-गौरव सम्मानको परिकल्पनाले साकार रूप पाउन सफल भएको बताए।

महाविद्यालयको पहिलो गुरु- गौरव सम्मानकी प्रापक प्रोफेसर डा नम्रता तामाङ थापाले उक्त सम्मानले आफूमाथि ठुलो उत्तरदायित्व सुम्पेको र आफू यसबाट उऋण हुननसक्ने बताउँदै आफ्नो कार्यस्थल तथा घरले यसरी सम्मान गर्दा हर्षविभोर बनेको बताइन् । आफ्नो कामप्रति निष्ठापूर्वक लगनशील भए अवश्य सम्मानित हुने विश्वास लिएर अध्ययन अध्यापन गर्ने सद्विचार साझा गरिन् । कार्यक्रममा लिम्बू, भोटिया र नेपाली विभागका विद्यार्थीहरुले नृत्य र कविता प्रस्तुत गरेका थिए।

-प्रेस विज्ञप्तिबाट

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह