मुख्यमन्त्री पीएस गोलेले महाकुम्भमा गरे पूजा-अर्चना

गान्तोक: महाकुम्भमा सहभागी बन्दै प्रयागराज पुगेका सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आइतबार पूजा-अर्चना गरे। मुख्यमन्त्रीसित राज्य मन्त्रीमण्डलका सम्पूर्ण सदस्य एवम् विधायकगणको पनि उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विशेष आमन्त्रणमा मुख्यमन्त्री प्रयागराज पुगेका हुन्। उनले महाकुम्भमा सहभागी बन्दै यहाँको गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा सिक्किम र सिक्किमेली जनताको कल्याण, सुख समृद्वि एवम् शान्तिको कामना गर्दै पूजा-अर्चना गरे।
यसै क्रममा मुख्यमन्त्रीले गंगा स्नान पनि गरे। मुख्यमन्त्रीसित राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकहरू, अध्यक्षगण, मुख्यमन्त्रीका राजनीतिक सचिव अनि पण्डित तथा पुरोहित एवम् बुङथिङहरूको टोली लगायत अन्य गण्यमान्य व्यक्तित्वहरू पनि यस महाकुम्भमा सहभागी बने।
पछि पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्रीले 144 वर्षपछि आयोजन भएको विश्वकै ठूलो धार्मिक समारोह यस महाकुम्भमा सहभागी बन्ने अवसर पाएकोमा आफैलाई सौभाग्यशाली ठानेको मन्तव्य व्यक्त गरे।
यसका साथै उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदी अनि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ, समारोह आयोजक समितिका सम्पूर्म पदाधिकारीलाई पनि सिक्किमेली जनताको पक्षमा हार्दिक आभार व्यक्त गरे।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह