गान्तोकमा सडक सुरक्षासम्बन्धी जागरूकता र्‍याली आयोजित

गान्तोक: गान्तोक जिल्लाको पहलमा शुक्रबार सडक सुरक्षा जागरुकता ऱ्याली आयोजन भयो। जिल्लापाल तुषार निखारेले एसएनटी कम्प्लेक्सबाट सडक सुरक्षासम्बन्धी जागरूकता र्‍यालीको शुभारम्भ गरेका थिए जो राष्ट्रिय सडक सुरक्षा महिनाको अवसरमा जिल्ला सडक सुरक्षा समिती तथा आरटीओ गान्तोकको आयोजन गरेको थियो।
र्‍यालीमा २५ जना बाइकर्स, चालक बोर्डका सदस्यहरू तथा वेस्ट प्वाइन्ट र टाशी नाम्ग्याल वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता थियो। ऱ्याली हस्पिटल डाँडा, लाल बजार हुँदै एमजी मार्गमा समापन भएको थियो।
एमजी मार्गमा ट्राफिक पुलिसका डीएसपी बिजय गुरूङ र आरटीओ दिलीप शर्मा लगायतका पदाधिकारीहरूको उपस्थितिमा छोटो कार्यक्रम आयोजना गरियो। एमभीआई सोनाम एन. भोटियाले भारतमा सडक दुर्घटनाबाट हुने मृत्यु दर उच्च रहेको तथ्य प्रस्तुत गर्दै सचेतनाको आवश्यकता औंल्याए। कार्यक्रम वेस्ट प्वाइन्ट स्कूलको ब्रास ब्याण्डको प्रदर्शनसँगै सम्पन्न गरेपछि मनन केन्द्रमा सडक सुरक्षासम्बन्धी कार्यशाला आयोजन गरिएको थियो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह