मुख्यमन्त्री गोलेले बताए केन्द्रिय बजेटलाई परिवर्तनकारी र समावेशी बजेट

गान्तोकः केन्द्र सरकारको पक्षबाट परिवर्तनकारी र समावेशी बजेट प्रस्तुत गरिएको भन्दै सिक्किमका जनताका तर्फबाट मुख्यमन्त्री पीएस गोलेले प्रधानमन्त्री नरेन्द्र मोदी एवं केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणप्रति कृतज्ञता व्यक्त गरेका छन्।

मुख्यमन्त्री गोलेले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छने, हाम्रो राष्ट्रको आकांक्षालाई वास्तवमै प्रतिबिम्बित गर्ने परिवर्तनकारी र समावेशी बजेट प्रस्तुत गरिएकोमा सिक्किमका जनताका तर्फबाट म प्रधानमन्त्री नरेन्द्र मोदी एवं वित्त मन्त्री निर्मला सीतारमणप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

मुख्यमन्त्रीले यो बजेटलाई विकसित भारततर्फको एक महत्वपूर्ण कदम बताएका छन्। बजेटमा जीवाईएएन (गरीब, युवा, नारी र अन्नदाता) मा जोड दिइएको छ, जसको उद्देश्य सीमान्तकृत समुदायको सशक्तीकरण, युवा क्षमताको पोषण र पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गर्नु रहेको मुख्यमन्त्रीको भनाइ छ।

बजेटमाथि प्रतिक्रिया दिंदै मुख्यमन्त्रीले लेखेका छने, यसले मेक इन इन्डियाको दृष्टिकोणलाई पनि मजबुत बनाउँछ, नवीनता, आत्मनिर्भरता र स्वदेशी उद्योगहरूको विकासलाई बढावा दिन्छ। आर्थिक विकासलाई प्रोत्साहित गर्न र सामाजिक कल्याणलाई माथि उकास्न उल्लिखित व्यापक पहलहरूले हाम्रो राष्ट्रको प्रगतिको लागि गहिरो प्रतिबद्धता दर्शाउँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा, मेक इन इण्डिया पहललाई अघि बढाउँदै जन-केन्द्रित अर्थव्यवस्थाको निर्माण र पूर्वाधारको वृद्धिको लागि केन्द्र सरकारको अटूट समर्पणले एक उज्जवल, अधिक समावेशी भविष्य हेतु मार्ग प्रशस्त गर्नेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह