सर्वोच्च न्यायालयको निर्णय “पीजी मेडिकलमा निवास आधारित आरक्षण असंवैधानिक”

गान्तोक: सर्वोच्च न्यायालयले पीजी मेडिकल कोर्समा निवास अथवा डोमिसियलको आधारमा आरक्षण दिनु असंवैधानिक रहेको बताएको छ। बुधबार 29 जनवरीको दिन न्यायलयले महत्त्वपूर्ण फसेला गर्दै निवासको आधारमा आरक्षणलाई असंवैधानिक ठहर गरेको छ। न्यायलयले भनेको छ-स्नातकोत्तर चिकित्सा पाठ्यक्रमहरूमा निवास-आधारित आरक्षणले संविधानको धारा १४ को स्पष्ट रूपमा उल्लङ्घन गर्दछ, जसले समानताको अधिकारको ग्यारेन्टी दिँदछ । यसको साथै न्यायलयले राज्य सरकारहरूले योग्यताको आधारमा मात्र स्नातकोत्तर चिकित्सा पाठ्यक्रमहरूमा प्रवेश दिनुपर्ने पनि बताएको छ।
यो महत्वपूर्ण फसेला सर्वोच्च न्यायलयका न्यायाधीश हृषिकेश राय, न्यायाधीश सुधांशु धुलिया र न्यायाधीश एसभीएन भट्टीको खण्डपीठले गरेको हो। राज्य कोटा अन्तर्गत स्नातकोत्तर मेडिकल कोर्सहरूमा भर्नाको लागि निवास (डोमिसाइल) आधारित आरक्षण प्रदान गर्नु संवैधानिक रूपमा अवैध रहेको खण्डपीठको भनाइ छ। न्यायलयको भनाइअनुसार भारतका सबै नागरिकहरूलाई देशको कुनै पनि ठाउँमा पढ्ने, व्यवसाय गर्ने र बसोबास गर्ने अधिकार छ। यस्तो अवस्थामा, कुनै विशेष राज्यमा बसोबास गर्ने विद्यार्थीहरूलाई अतिरिक्त सुविधाहरू दिनु संविधानको सिद्धान्त विपरीत हुनेछ।
सर्वोच्च न्यायलयले स्पष्ट पार्दै भनेको छ-यदि राज्यहरूलाई निवासमा आधारित आरक्षण दिने अनुमति दिइयो भने, यसले अन्य राज्यबाट आएर भर्ना लिन चाहने विद्यार्थीहरूको मौलिक अधिकारको हनन हुनेछ। यो संविधानको धारा १४ (समानताको अधिकार) विरुद्ध हुनेछ र कानूनको अगाडि समानतालाई अस्वीकार गर्नु बराबर हुनेछ।
न्यायलयले अझै भनेको छ- राज्य सरकारहरूले मेडिकल कलेजहरूमा एमबीबीएस पाठ्यक्रमहरूका लागि सीमित आरक्षण लागू गर्न सक्छन्, तर पीजी मेडिकल पाठ्यक्रमहरूमा यसको कुनै औचित्य छैन। पीजी स्तरमा, विद्यार्थीहरूलाई विशेषज्ञ डाक्टरको रूपमा प्रशिक्षित गरिन्छ, जसले सम्पूर्ण देशलाई फाइदा पुर्‍याउँछ। यस्तो अवस्थामा, योग्यतालाई प्राथमिकता दिनु आवश्यक छ।
यद्यपि, न्यायलयले यो निर्णयले पहिले नै प्रदान गरिएको निवासअधारित आरक्षणलाई प्रभाव नपार्ने पनि स्पष्ट पारेको छ। पीजी पाठ्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरू र यस श्रेणी अन्तर्गत पीजी पाठ्यक्रमहरू पूरा गरिसकेका विद्यार्थीहरूलाई यो निर्णयले असर नगर्ने न्यायलयले जनाएको छ।
उल्लेखनीय छ, यो फसेला सन् 2019 मा दुई न्यायाधीशहरूको पीठले सर्वोच्च न्यायालयलाई पठाइएको एक सन्दर्भमाथि अधारित छ- जसमा पीजी मेडिकल कोर्समा राज्य कोटाअन्तर्गत निवास आधारित आरक्षण संवैधानिक रूपले वैध हो कि होईन भनी प्रश्न उठाइएको थियो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह