टिस्टा ऊर्जा बाँध निर्माणलाई पर्यावरण मन्त्रालयले दियो स्वीकृति

गान्तोकः 2023 को अक्टोबरमा निम्तिएको टिस्टा त्रासदीले सिक्किमकै सबैभन्दा ठूलो जलविद्युत परियोजना टिस्टा 3 -को टिस्टा ऊर्जा बाँध पूर्णतया ध्वंस भएको लगभग 14 महिनापछि पर्यावरण मन्त्रालयले बाँध पुनर्निर्माणको प्रस्तावलाई  स्वीकृति दिएको छ। मन्त्रालयले उक्त  बाँधको स्थानमा एउटा नयाँ लामो कंक्रिट ग्र्याविटी बाँध निर्माणको प्रस्तावलाई स्वीकृति दिएको हो। यो नयाँ बाँध 118.64 मिटर अग्लो हुनेछ जबकि पुरानो बाँधको उँचाइ 60 मिटर थियो। बाँधको सुरक्षा अनि डिजाइनलाई अहिलेसम्म स्वीकृति प्राप्त नभए पनि तर मन्त्रालयको एउटा विशेषज्ञ मूल्यांकन समिति अर्थात् Expert Appraisal Committee (EAC) –ले गत 10 जनवरी 2025 –मा बाँध पुनर्निर्माणलाई स्वीकृति दिएको थियो।

स्मरण गराइन्छ,  3-4 अक्टोबर 2023 -को राति उत्तर सिक्किमको ल्होनाक ताल विस्फोटपछि आएको बाढ़ीले चुङथाङस्थित 1200 मेघावट क्षमताको टिस्टा चरण तीन जलविद्युत परियोजना टिस्टा ऊर्जा बाँधलाई बगाएको थियो। जसमा सिक्किमलाई सबैभन्दा बढ़ी क्षति पुगेको थियो। यसका साथै, सिक्किम अनि पश्चिम बंगालका सयौंभन्दा धेर मानिसहरूले प्राण गुमाउनु परेको थियो भने हजारौं मानिसहरू बेघर बनेका थिए। टिस्टाको त्यो उर्लिँदो भेलमा अरबौंको सम्पत्ति नष्ट भएको थियो।

उल्लेखनीय छ, 5 अगस्त 2024 -मा सिक्किम विधानसभाको बजेट सत्रमा बोल्दै मुख्यमन्त्री पीएस गोलेले  चुङथाङस्थित सिक्किम ऊर्जा जलविद्युत परियोजनाको ड्याम भत्किनाले लगभग 25 हजार करोड़ रुपियाँको नोक्सानी भएको अनि यो परियोजना नै ननपर्फमिङ एसेट बनेको जानकारी दिएका थिए। यसबाट सिक्किमलाई वार्षिक 3 सयदेखि 4 सय करोड़ राजस्व घाटा हुनपुगेको पनि तिनले बताएका थिए।

टिस्टा त्रासदीपछि Expert Appraisal Committee ईएसी-ले नयाँ बाँधको सम्भाव्यता अनि सुरक्षाको मूल्यांकन गर्नका लागि एउटा उप-समिति पनि गठन गरेको थियो। उक्त उप-समितिको एउटा टोलीले बाँध निर्माणको सम्भावनालाई लिएर 2024 –को दिसम्बर महिनामा  चुङथाङ क्षेत्रको भ्रमण पनि गरेको थियो। सोही भ्रमणपछि नै गत 10 जनवरीको दिन मेसर्स सिक्किम ऊर्जाको नयाँ बाँध निर्माणको प्रस्तावलाई पर्यावरण मन्त्रालयले स्वीकृति दिएको बताइन्छ।

समितिले यो नयाँ बाँधका लागि शर्तहरू पनि निर्धारित गरेको छ, जसमा पूर्व चेताउनी प्रणालीको स्थापना अनि हिमनदी तथा झील अनि पैह्रोग्रस्त स्थलहरूको मानचित्रण पनि सामेल छन्। यद्यपि, यो नयाँ बाँधको डिजाइनका पक्षहरूलाई अहिले केन्द्रिय जल आयोग (सीडब्ल्यूसी), भारतीय भूवैज्ञानिक सर्वेक्षण (जीएसआई)सहित अन्य केन्द्रिय पक्षहरूबाट अनुमोदित गरिइनु बाँकी नै छ।

उल्लेखनीय छ, सन् 2017 -मा टिस्टा ऊर्जा बाँध परियोजना चालू भएको हो।

टिस्टा ऊर्जा बाँध निर्माणकार्यलाई लिएर विगतमा तत्कालिन एसडीएफ सरकारमाथि भ्रष्टाचारका आरोपहरू नलागेको भने होइन। बाँध निर्माण कार्यको गुणस्तरमाथि प्रश्नहरू पनि उठेकै हुन्। तथापि, 2023 –को टिस्टा त्रासदीपछि ध्वंस बनेको चुङथाङको टिस्टा चरण 3 –को टिस्टा ऊर्जा बाँध पुननिर्माण वर्तमान एसकेएम सरकारबाट सम्भव छैन भन्ने मतहरू उठिरहेका बेला पर्यावरण मन्त्रालयले नयाँ बाँध निर्माणलाई स्वीकृति दिएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह