कविता साँझ कार्यक्रमका साथ चिया कविता सिक्किमले मनायो 11औँ वार्षिक उत्सव

गान्तोक : साहित्यलाई औपचारिक कार्यक्रमको परम्परागत घेराबाट मुक्ति दिँदै वर्ष 2014 सालको दिसम्बरदेखि सिक्किमको राजधानी गान्तोकबाट आरम्भ भएको चिया कविताको 11औँ वार्षिक उत्सव भव्यताको साथ पालन गरिएको छ। गान्तोकमा आयोजित भव्य वार्षिक उत्सवको मुख्य आकर्षण कविता साँझ रहेको थियो। जहाँ सिक्किम दार्जीलिङका उम्दा कविहरूले कविता प्रस्तुती दिएका थिए।
चिया कविता सिक्किमले आफ्नो वार्षिक उत्सवको अवसरमा भारतका चर्चित कवि तथा भूतपूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पनि सम्झना गऱ्यो। चिया कविताको वार्षिक उत्सवकै दिन वाजपेयीको पनि जन्म जयन्ती पहेको हुनाले उनको पोट्रेटमा खादा लगाएर सम्मान गर्दै कविहरूले उनलाई सम्झना गरेको छ। यस अवसरमा कवि वाजपेयीको कविता वाचन सत्र पनि रहेको थियो।
चिया कविताले केवल साहित्यलाई केन्द्रित गरेर कार्य गरिरहेको तथा कार्यक्रमहरू अनौपचारिक भएको हुनाले यसले ताकेको लक्ष्य नै सर्वोपरि रहेको कार्यक्रमको बिट मार्नेक्रममा कवि आख्य़ानकार प्रवीण राई जुमेलीले मन्तव्य व्यक्त गरे। उनले 2014 देखि चिया किविताको सहयात्रामा आफू रहेको अनुभव साझा गर्दै यसले तामझाम र अऩावश्यक कुराहरूलाई नभएर केवल साहित्य कलालाई फोकसमा राखेर काम गरेको हुनाले सिक्किमबाट साहित्यमा गरिने कार्यको उदाहरण स्थापित गरेको बताए। यसैगरि कवि डा प्रदीप त्रिपाठीले सिक्किममा कविताको निम्ति सबैभन्दा सक्रिय मञ्च चिया कविता रहेको स्पष्ट रहेको बताए।
चिया कविताको कविता साँझमा नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका कविहरूले कविता सुनाएका थिए। जसमा डा इडेन भोटिया, गोपाल यात्री, प्रवीण राई जुमेली, जिवीका अश्रु, निलम गुरुङ, सविना राई, सुरज शर्मा, पुरण भण्डारी, जीवन छेत्री, सुजल प्रधान, सुचन प्रधान, सोनाम पाल्जोर, दावा योञ्जन, भीम रावत, डा प्रदीप त्रिपाठी, प्रवीण खालिङले स्वरचित कविताहरू सुनाएका थिए। कार्यक्रममा साहित्यकारसितै चित्रकला सङ्गीत कलामा सङ्लग्न व्यक्तित्वहरूको पनि उपस्थिति रहेक थियो। जसमा चित्रकार पारस राई, दिवाकर लामिछाने, सङ्गीतकर्मी रोयस तामाङलगायत अन्यको उत्साहजनक उपस्थिति रहेको थियो।
वर्ष 2014 देखि शुरू भएको चिया कविता, सिक्किमले अनौपचारिक कविता कार्यक्रममा किताब चर्चा, विमोचन लगायत दुइ वर्षदेखि चिया कविता पुरस्कार प्रदान गर्दै आएको छ। यस अतिरिक्त चिया कविताले हिउँमा कविता, इको पोयट्री, बायोलेटुरा, गाउँमा कविता, पाठक सम्मान, कविता साँझ, जिल्लामा कविता जस्ता कार्यक्रमहरू आयोजन गर्दै आएको छ। यसरी नै चाँडै पाठकहरूको निम्ति दुर्लभ पुस्तकहरूको नयाँ संस्करणलाई प्रकाशित गर्ने पहलहरू पनि गर्ने बताएको छ। चिया कविता सिक्किमको कार्यक्रमबाट प्रभावित भएर अहिले नेपालको राजधानी काठमाण्डौमा दुई वर्षदेखि चिया कविता नेपाल कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह