गान्तोक, ५ सेप्टेम्बरः पश्चिम बङ्गालको पेदोङबाट सिक्किमको जलुकतर्फ गइरहेको भारतीय सेनाको वाहन पाकिम जिल्लाको दलपचन्दमा दुर्घटनाग्रस्त हुँदा चारजना सेनाका जवानको मृत्यु भएको छ। रिनाक रङ्गेली राजमार्गको दलपचन्द डाँडाबाट सडक छोडेर वाहन लगभग ८०० फुट तल खस्दा यो दुर्घटना भएको थियो।
दुर्घटनामा परेर सेनाका चालक मध्यप्रदेश निवासी प्रदिप पटेल, इम्फाल निवासी सिएफएन- डब्ल्यू पिटर, हरियाणा निवासी नायक गुरसिव सिंह र तामिलनाडू निवासी सुबेदार के ताङ्गापाण्डीको मृत्यु भएको छ। जानकारी अनुसार सेनाका यी सबै जवान पश्चिम बङ्गालको बिनागुढी स्थित ईएमसी युनिटका थिए।





