आज विश्व पर्यटन दिवस। यो दिवस मनाउँदै गर्दा, सिक्किमको पर्यटन क्षेत्रले भोगिरहेको कठोर वास्तविकतालाई नजरअन्दाज गर्न मिल्दैन। अभुपूर्व प्राकृतिक सम्पदा र समृद्ध संस्कृति लागि प्रसिद्ध सिक्किम अहिले कठिइपूर्ण चुनौतीहरूसँग जुधिरहेको छ, जसले सम्पूर्ण राज्यवासीको आर्थिक स्थिरता र आजीविका खतरामा पारेको छ। कोरोना महामारीको दीर्घ प्रभाव नहट्दै हालका पूर्वाधारका समस्याहरूले राज्यलाई पर्यटन संकटमा डुबाएको छ, हितधारकहरूलाई आर्थिक रूपले अस्थिर बनाइदिएको छ।
कोभिड-१९ महामारीले विश्वभरी नै यात्रा र पर्यटनमा ठूलो असर गर्यो अनि सिक्किम पनि त्यसबाट अछुतो रहेन। सिक्किम लगभग पर्यटकको आम्दानीमा अत्यधिक निर्भर थियो। तथापि राज्यले कोभिड कालपछि पर्यटक संख्या घट्दै गएको स्थिति सामना गर्नुपऱ्यो जसले गर्दा स्थानीय व्यवसाय, रोजगारी र आन्तरिक र बाहिरी राजस्व दुवैमा गम्भीर प्रभाव पारेको छ।
कोभिड काल अथवा २०२० र २०२१ पछि सिक्किमको पर्यटनमा पुनःसंजीवनीको आशा गरिएको थियो। कोभिड कालपछि सिक्किमको पर्यटन केही समयका लागि ट्रयाकमा फर्किन पनि शुरु गरेको हो तर ३ र ४ अक्टोबर २०२३-को टिस्टा बाढ़ले सम्पूर्ण व्यवसाय धराशायी बनाइदियो। टिस्टा त्रासादीले बनाएको राष्ट्रिय राजमार्ग १० र उत्तर सिक्किमका सड़कहरूको बेहाल अवस्थाले पर्यटनमा एकपटक फेरि हृास ल्यायो, जो अहिलेसम्म उठ्न सकेको छैन। यी महत्त्वपूर्ण यात्रा मार्गहरूले पहुँचमा अवरोध मात्र पुऱ्याएको छैन तर सम्भावित पर्यटकहरूलाई पनि अन्य राज्यतर्फ धकेलीदिएपछि यसले राज्यमा थप आर्थिक गिरावट निम्त्याउँने खतरा बढ़इदिएको छ।
३ र ४ अक्टोबर २०२३ मा भएको गोल्फ अथवा टिस्टा त्रासादीले सिक्किमको प्राकृतिक सौन्दर्य र सड़क पूर्वाधारलाई धेरै क्षति पुऱ्याएको छ ।यसको मारमा परेका पर्यटन र सम्बन्धित हितधारकले खतरनाक अवस्थासँग जुध्नुपर्दैछ। आवश्यक सड़क पूर्वाधारको कमीले यो मौसममा पनि सिक्किमको पर्यटनले गति नपाउने देखिंदैछ भने पूर्वाधार मजबूतीको तात्कालिक आवश्यकतामा ध्यानाकर्षण नभए यसको दीर्घ असर सिक्किमको पर्यटनले झेल्नु पर्नेछ।
सिक्किमका पर्यटन हितधाकर, जसमध्ये होटल मालिक, पर्यटन संचालक, र स्थानीय कलाकर्मी दिखि लिएर लगभग सबै प्रकारका व्यवसायी अभूतपूर्व आर्थिक संकटसँग जुधिरहेका छन्। पर्यटकहरूको आम्दानीमा निर्भर रहेका धेरै साना व्यवसायीहरूले जीविकोपार्जनका लागि संघर्ष गरिरहेका छन्। यो गिरावटले केवल पर्यटनमा संलग्न व्यक्तिहरूलाई मात्र होइन तर कृषि उत्पादक र यस क्षेत्रका सेवा प्रदायकहरूलाई पनि असर पुऱ्याएको छ।
पर्यटन क्षेत्रमा परेको दीर्घ प्रभावले सिक्किमको सामाजिक संरचनालाई समेत जोखिममा परेको छ, जसले गर्दा पर्यटन आयमा निर्भर समुदाय अनिश्चित र कठिनाइमा धकेलिएका छन।
आज हामीले विश्व पर्यटन दिवस मनाउँदै गर्दा सिक्किमको पर्यटनको भविष्यमा ध्यान केन्द्रित गर्नु अति अत्यावश्यक छ। सिक्किमको पर्यटनलाई पुनः आफ्नो गतिमा फर्काइल्याउन सम्पूर्ण हितधारक र राज्य सरकारले आपसमा मिलेर पूर्वाधारको विकास र सड़क सम्पर्कको तात्कालिक समस्या समाधानमा काम गर्नुपर्छ। सडक, यातायात, र सम्पर्क स्थापनामा लगानी गर्नु पर्यटनका लागि मात्र होइन सिक्किमको समग्र आर्थिक स्वास्थ्यका लागि पनि आवश्यक छ।
लामो यमयसम्म बाधित भएको पर्यटन विकासका लागि पूर्वाधारका साथै, दिगो पर्यटन अभ्यासमा पुनः ध्यान केन्द्रित गर्नुपर्नेछ। प्राकृतिक सम्पदा र सौन्दर्य राज्यको सबैभन्दा ठूलो सम्पत्ति हो यसलाई सुरक्षा गर्दै जिम्मेवार प्रवर्द्धन गर्न सक्यो भने सिक्किममा योग्य पर्यटकहरू आकर्षित हुनेछन्। अबको समय सिक्किमले सङ्ख्यात्मक होइन गुणात्मक पर्यटनतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। लामो समयसम्म बिचल्नीमा परेका स्थानीय समुदायलाई पर्यटन योजना र सम्बन्धि विकासमा संलग्न गर्दा लाभहरू समान रूपमा वितरण गर्नसक्यो भने यसले भविष्य आउने अवरोधहरू विरुद्ध लड्ने नयाँ शक्ति प्रदान गर्नसक्छ।
जब हामी आर्थिक विकास र सांस्कृतिक आदानप्रदानमा पर्यटनको महत्त्वलाई मान्यता दिन्छौं, तब सिक्किमले यस क्षेत्रमा भोगिरहेको दबादको स्तथिलाई पनि बिर्सनुहुँदैन। राज्यको पर्यटन क्षेत्रको लचिलोपन सामूहिक क्रियाकलाप, लगानी, साथै पुनःनिर्माणमा हुने समर्पणमा निर्भर छ। हामीले केवल पुनः सुधार गर्नमा मात्र होइन, तर सिक्किममा पर्यटनलाई पुनः परिभाषित गर्न प्रयास गरौं। यसो भएमात्र भवि पुस्ताहरूका लागि दिगो र जीवन्त भविष्य मार्ग सिर्जना गर्न सकिनेछ।